अस्ट्रेलियामा ५.८ म्याग्निच्युडकाे भूकम्प, कयौं भवनमा क्षति

६ असाेज, एजेन्सी ।

Advertisement

 अस्ट्रेलियाको दक्षिण-पूर्वी क्षेत्रमा भूकम्प गएको छ। स्थानीय समय अनुसार बुधबार विहान ९ बजेर १५ मिनेटमा मेन्सफिल्डलाई केन्द्र बनाएर ५. ८ म्याग्निच्युडको भूकम्प गएकाे हाे ।

अस्ट्रेलियाली सञ्चारमाध्यमहरुका अनुसार भूकम्पका कारण कयौं भवनहरुमा क्षति पुगेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले भूकम्पपछि भने, “अहिलेसम्म हामीले कोही गम्भीर घाइते वा ज्यान गुमाएको खबर पाएका छैनौं, जो निकै राम्रो खबर हो।” मरिसनले अस्ट्रेलियामा भूकम्प आउनु असामान्य भएको भन्दै यो चिन्ताको विषय हुन सक्ने बताए।

Advertisement

भूकम्पको झट्का दक्षिण अस्ट्रेलिया र न्यू साउथ वेल्समा पनि महसुस गरिएको जनाइएको छ। पहिलो झट्का पछि दोस्रो ४ र तेस्रो ३.१ म्याग्निच्युड मापन गरिएको थियो।

भिक्टोरिया स्टेट इमरजेन्सी सर्भिसले मानिसहरुलाई थप सम्भावित झट्काका लागि सतर्क रहन आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top