‘महानायक’ विवादमा राजेश हमाल भन्छन्- कर्म सही गर, फल प्राप्त हुनेछ

६ असाेज, काठमाडौं।

Advertisement

केही वर्ष यता नेपाली कला क्षेत्रमा ‘महानायक’ उपाधीकाे विवाद चर्किरहेको छ। गत वर्ष कलाकार एवं निर्देशक दिपाश्री निरौलाले राजेश हमाल ‘महानायक’ नभएको भनेपछि यो विवाद आएको थियो।

केही दिनअघि एक कार्यक्रममा भुवन केसीले अर्का अभिनेता शिव श्रेष्ठलाई महानायकको उपाधी दिए। सँगै अभिनेत्री गौरी मल्ललाई महानायिका घोषणा गरे ।

Advertisement

यसअघि पनि राजेश हमाल महानायक र करिश्मा मानन्धर महानायिका हुन् भन्ने घोषणा कला क्षेत्रकै मान्छेहरुबाट भइरहेको थियो।

यो वर्ष फेरि विवादमा आएको ‘महानायक’ र ‘महानायिका’को उपाधीलाई लिएर अहिले चर्चा भइरहेको छ। तर, यसअघि महानायक भनिएका राजेश हमाल भने चुपचाप बसेका थिए।

Advertisement

सामाजिक सञ्जालमा खासै आफूलाई आइपरेको विवादमा नबोल्ने हमाल यस पटक भने महानायक उपाधिले बल्झाएको विवादमा नबोली बस्न सकेनन् । उनले घुमाउरो शैलीमा भुवन र शिव जवाफ दिएका छन् । सामाजिक सञ्जालमा हमाल लेख्छन् ‘‘कर्म सही गर, फल प्राप्त हुनेछ ।’

हमालले आफूलाई सोझै ‘महानायक’ नभने पनि दर्शकले दिएको माया भनेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top