Nepal Times
Nepal Times
3
Shares

नेपालको पहिलो बिस्कुट उत्पादन कम्पनी फेरि संचालनमा

नेपालको पहिलो बिस्कुट उत्पादन कम्पनी फेरि संचालनमा

६ असोज, काठमाडौँ ।
काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा आएको छ । गत साउन २३ गते भिषण आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको कारखाना बुधबार (आज)बाट पुनः सञ्चालनमा आएको हो ।

बुधबार कम्पनीले पत्रकार सम्मेलन आयोजना गरी सञ्चालनमा आएको जानकारी दिएको हो । कारखाना सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने कम्पनीको भनाई छ । कम्पनीका प्रमुख कार्यकारी निर्देशक केशव भट्टराईले पहिलो चरणमा दैनिक १६ टन मात्रै उत्पादन गर्ने लक्ष्य रहेको बताए ।

उनले आगलागीका कारण मेशीन पूर्ण रुपमा ध्वस्त भएको कारण पहिलेको क्षमता भन्दा कम उत्पादन हुने बताए । उनले यसअघि एभरेजमा दैनिक २० देखि २२ टन विस्कुट उत्पादन हुने गरेको पनि बताए । यस्तै, उनले आगलागीबाट अनुमानीत कुल २२ करोड रुपैयाँ बराबरको क्षेती भएको पनि जानकारी दिए । जसमध्य १२ करोड रुपैयाँ अनुमानीत कच्चा पदार्थमा र बाँकी मेशीन र घरमा क्षेती पुगेको उनले बताए । मेशीन र घरको क्षेती पूर्ण विवरण अझै नआएको पनि उनले जानकारी दिए ।

नेपालको पहिलो बिस्कुट उत्पादन कम्पनी भनेकै नेविको प्रा लि हो । नेविकोले करिब ५८ बर्षदेखि आफ्ना उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आएको छ । नेपालमा अन्तराष्ट्रिय कम्पनीका विस्कुटहरु नभित्रिएको समयमा नेबिकोका थिनारोट, ग्लुकोज, कोकोनट विस्कुटले आधिपत्य जमाएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.