काग्रेसले ९ गतेसम्म क्रियाशील सदस्यता टुंगो लगाउने

६ असोज ७८, बिहीबार

६ असोज, काठमाडौँ ।
नेपाली काँग्रेसको पदाधिकारी बैठकले असोज नौं गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका अवरुद्ध प्रक्रियाहरुलाई सहमतिपूर्वक निकास दिँदै जाने र अघि बढीसकेका प्रक्रियाहरुलाई निश्चित टुंगो गर्ने निर्णय गरेको बताए । उनले पार्टीले ९ गतेसम्म पार्टीको क्रियाशील सदस्य टुंगो लगाउने निर्णय भएको पनि बताए । उनले पार्टीको पालिका स्तरीय अधिवेशन पछिका अन्य अधिवेशनहरुको हकमा केन्द्रिय समितिले आवश्यक्ता अनुसार अघि बढाउँदै जाने निर्णय भएको समेत बताए ।

प्रवक्ता शर्माले भने, ‘नेपाली काँग्रेस महाधिवेशनको क्रममा छ, यसक्रममा कतिपय जिल्लाको क्रियाशील सदस्यता टुंगो लागेर सार्वजनिक हुन बाँकी छ,अधिकांश जिल्लाको हकमा भने वडा तहको अधिवेशन सम्पन्न भएर पालिका तहको अधिवेशन ९ गतेका लागि निर्धारित छ, यो बेलामा नेपाली काँग्रेस केन्द्रिय समिति अन्तर्गतको पार्टी पदाधिकारी, पूर्व पदाधिकारीहरुको बैठक आज बस्यो,सम्माननीय प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकले गहिरो विमर्श गरेर छलफल गरेर अहिलेको बेलामा अधिवेशनका सबै प्रक्रियाहरुलाई जहाँ अवरुद्ध छन् तिनलाई सहमति पूर्वक निकास दिँदै जाने र प्रक्रिया अघि बढेका छन्, ति प्रक्रियाहरुको सन्दर्भमा पनि एउटा निश्चित टुंगो गर्ने,भन्ने विषयमा छलफल भयो मूलतः नेपाली काँग्रेस पार्टीको निर्वाचनका जति प्रक्रियाहरु छन्, यी सबै प्रक्रियाहरु पार्टीको केन्द्रिय निर्वाचन समितिमार्फत्बाट निर्वाचित निर्वाचित समितिको नेतृत्वमा निर्वाचन समितिले खटाएका प्रतिनिधिहरुले स्थानीय स्थिती बमोजिम र गर्दै आउनुभएको छ, गर्ने हाम्रो प्रचलन छ, त्यसैले अहिले जुन स्थानमा वडा तहको अधिवेशन सम्पन्न भएको छ,ति ठाउँहरुको हकमा ९ गतेका लागि पालिका स्तरीय जुन अधिवेशन छ, त्यो यथावत छ, त्यो ९ गतेका लागि पूर्व निर्धारित समयमै पालिकाहरुको अधिवेशन हुनेछ,पार्टीको अन्य तहको अधिवेशन ९ गते पछिका अन्य अधिवेशनको सन्दर्भमा एकातर्फ केही जिल्लाहरुको क्रियाशील टुंगाउने विषय छ, यसलाई पनि सँगै लिएर जाने कुरालाई दृष्टिगत गर्दै पार्टीको केन्द्रिय समितिले आवश्यक्ता अनुसार यस बारेमा प्रक्रियालाई कुन रुपमा लिएर जाने भन्ने कुराको टुंगो लगाउनेछ, आजको बैठकले ९ गतेको लागि पूर्वनिर्धारित पालिका स्तरीय अधिवेशनलाई सम्पन्न गर्ने गराउने सन्दर्भमा सहमति बनाएको छ, अर्कोतर्फ ९ गतेभित्रैमा बाँकी जिल्लाहरुको क्रियाशील सदस्यहरुको टुंगो लगाउने र आफ्नो काम गर्ने गतिलाई बढाउने निर्णय गरेको छ,त्यसको लागि निर्धारित समितिले काम गर्नेछ, र अन्य तहको सन्दर्भमा पार्टीको केन्द्रिय निर्वाचन समितिले अन्य जिल्लाको क्रियाशीलताको विषय र अहिले जारी रहेका विषयहरुलाई समायोजन गरी उपयुक्त सन्तुलन, उपयुक्त समयावधी जुन रुपमा निर्धारित छ, त्यसलाई कुन रुपमा अघि लाने र बाँकी कुरा निर्वाचन समितिले गर्छ ।’

प्रवक्ता शर्माले देशभरका नेपाली काँग्रेसका कार्यत्रर्ताहरुलार्ई ९ गतेको पालिका अधिवेशनलाई उत्साहपूर्वक अघि बढाउन आग्रह गरे । उनले सर्वसम्मत रुपमा पदाधिकारी निर्वाचित हुने ठाउँमा सर्वसम्मतिको प्रक्रिया र नहुने स्थानमा लोकतान्त्रिक स्वस्थ अभ्यासको वातावरणबाट टुंगो लगाउन अपील पनि गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top