ओलीको आरोप : सरकारले कार्यकर्ता भर्ती गर्न राजदूत फिर्ता बोलायाे

६ असाेज, रुपन्देही ।

Advertisement

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको सरकारले नियुक्ति गरेका राजदूत फिर्ता बोलाउने निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै ओलीले राजदूत फिर्ता गर्ने निर्णयले वैदेशिक सम्बन्ध बिग्रिने र देशको बेइज्जत हुने काम गरेको बताए ।

आफूहरुले राजदूतमा पार्टीका कार्यकर्ता नभइ वैदेशिक मामिलासम्बन्धी जानकार, अनुभवी, अध्ययन गरेका र देशको लागि काम गर्न सक्ने व्यक्तिलाई पठाएको उनले प्रष्ट्याए ।

Advertisement

पूर्वप्रधानमन्त्री ओलीले नेकपा एमाले सरकारमा हुँदा विकास निर्माणका गतिविधि तिब्रगतिमा अगाडि बढेको दाबी गर्दै उनले विकासका कामहरू अगाडि बढाउन एमाले पार्टी नै चाहिने बताए ।

वर्तमान सरकारले गति लिन नसकेको आरोप लगाउँदै उनले सरकारले पार्टी कार्यकर्तालाई जागिर खुवाउनेवाहेक अरु केही काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘हामीले कोभिडको भयावह अवस्थामा पनि तीव्र आर्थिक विकास गरेर जनतालाई विकासप्रति आशा जगाएका थियौँ । यो सरकारबाट कार्यकर्तालाई जागिर खुवाउन आयोग गठन गर्ने राजदूत फिर्ता बोलाउने बाहेक अरु काम भएको छैन ।’

Advertisement

सरकारले कोभिडका कारण रोजगारी गुमाएका पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने कार्यक्रमप्रति व्यङ्ग्य गर्दै उनले भने, ‘५ लाखजना कसलाई १० हजार दिने ? ५ लाख माओवादी कार्यकर्तालाई १० लाख दिएर गरिबी घट्छ ?’

विकासको नेतृत्व, नाकाबन्दीको सामना र ज्येष्ठ नागरिकलाई गरेको न्यायले नै जनमत एमालेप्रति आकर्षित भएको जिकिर गर्दै उनी एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गरेर विजयको यात्राका लागि पार्टीका काममा उच्च मनोबलका साथ खट्न कार्यकर्तालाई निर्देशन दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top