दशैंको अग्रिम टिकट खुलाउने तयारी

६ असोज ७८, बिहीबार

यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट खुलाउने तयारी गरेको छ । विभागले अग्रिम टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफलका लागि यातायात व्यवसायीहरूको प्रतिनिधि संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सदस्यहरूलाई बिहीवार विभागमा डोकेको छ ।

दशैंको समयमा काठमाडौं उपत्यका छाडेर गाउँ फर्किनेको संख्या ह्वात्तै बढ्ने भएकाले विभागले हरेक वर्ष अग्रिम टिकट खुलाउने गरेको छ । प्रत्येक वर्ष करीब २० लाखले काठमाडौं छाड्ने गरेकोमा अघिल्लो वर्ष कोभिड संक्रमणको त्रासका कारण टिकट काटेर ५ लाख मात्रै बाहिरिएका थिए । यातायात व्यवसायीले सीट संख्याभन्दा बढी यात्रु लगेकाले उक्त संख्या करीब ८ लाख भएको अनुमान गरिएको थियो ।

कोभिड संक्रमणको त्रास कायमै रहेको भए पनि यस वर्ष दशैंका लागि काठमाडौं छाड्नेहरू गतवर्षको भन्दा दोब्बर हुने अनुमान गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए ।

‘अग्रिम टिकट खुलाउनेबारे छलफलका लागि व्यवसायी र ट्राफिक प्रहरी महाशाखालाई बिहीवार विभागमा डाकेका छौं,’ उनले भने, ‘यात्रुको चाप बढ्ने निश्चित देखिएकाले असोज दोस्रो साताभित्र अग्रिम टिकट खुलाउने तयारी छ ।’ विभागले यसअघि सोमवार महासंघका प्रतिनिधि र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईलाई डाकेर भदौ १० गतेदेखि अग्रिम टिकट खुलाउन अनुरोध गरेको थियो । तर महासंघले व्यवसायीसँग छलफल गर्नुपर्ने भन्दै तत्काल अग्रिम टिकट खुलाउन आनाकानी गरेको थियो ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top