कर तिर्न कामपाले पुनः थाल्यो माइकिङ, कर नबुझाए कडा कारबाही

६ असोज ७८, बिहीबार

काठमाडौं : कर तिर्न अटेर गरेपछि काठमाडौं महानगरपालिकाले बुधबारदेखि पुनः माइकिङ शुरु गरेको छ । कामपाले तालिका सार्वजनिक गरेरै कर असुल्न माइकिङ शुरु गरेको हो ।

Advertisement

करिब २८ वर्षदेखि कर नतिर्ने करदातालाई कारबाही गर्ने चेतावनी दिँदै दोस्रोपटक माइकिङ शुरु गरिएको बताउँदै कामपा राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले भन्नुभयो– ‘कर नतिरे कडा कारबाही गरिनेछ ।’

‘हामीले पटक–पटक ताकेता गरिसकेका छाै‌, यदि कर तिर्ने विषयमा अटेर गरे स्थानीय शासन ऐनअनुसार कारबाही गर्नेछौं ।’ उहाँको चेतावनी थियो ।

Advertisement

कामपाले कर नतिर्ने आठ करदाताको कार्यालयमा पुगेर माइकिङ गरेको छ । दरबारमार्गको कान्तिपुर होटल, दिव्य शमशेर, रवीन्द्रबहादुर मल्ल र जय नेपाल हल, बालाजुस्थित ब्याट्री कारखाना, दरबारमार्गको नेपाली जामे मस्जित, ह्वाइटफिल स्कुल र प्रदीपरत्न ताम्राकारको व्यावसायिक कार्यालय अगाडि माइकिङ गरिएको हो ।, यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top