×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

७ आश्विन २०७८

काठमाडौं: खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ । केन्द्रबाट आएको कुहिएको बास्मती चामल राखिएको गोदाम खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सिल गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको ४ सय ८७ मेट्रिक टन बास्मती चामल राम्रो चामलसँग मिसाएर कर्णाली प्रदेशका दुर्गम जिल्लामा बिक्रीका लागि पठाएको समाचार प्रकाशित भएपछि डिभिजन कार्यालयले बिक्री वितरण नगर्ने भन्दै चामल गोदाम सिल गरेको हो ।

Advertisement
Advertisement

सुर्खेत जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, वीरेन्द्रनगर नगरपालिकाका घरेलु तथा उद्योग शाखा प्रमुख इन्द्रबहादुर थापा, नगर प्रहरी कार्यालयका हरिभक्त रोकाया, उपभोक्ता हित संरक्षण मञ्च नेपालका बिन्दुलाल रेग्मी, राष्ट्रिय उपभोक्ता मञ्चका आकाशतारा बयकलगायत सञ्चारकर्मीहरूको रोहवरमा कम्पनीको चामल गोदाम सिल गरिएको छ ।

डिभिजन कार्यालयका प्रमुख थापाले भने, ‘खाद्य कम्पनीको गोदाममा अनुगमन गर्दा काठमाडौंबाट आएको १९ सय ९० क्विन्टल बास्मती चामलमध्ये १५ क्विन्टल बिक्री गरिसकेको पाइयो, बाँकी १९ सय ७५ क्विन्टल चामल खाद्य कम्पनीको गोदाममा छ । हाल गोदाममा रहेको सो बास्मती चामल बिक्री वितरण नगर्न भन्दै गोदाम सिल गरिएको छ ।’

‘खाद्य कम्पनीको गोदाममा ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको ४ सय ८७ मेट्रिक टन बास्मती चामल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिल गरेको हो वा होइन र हाल सो बास्मती चामल खाद्य कम्पनीको थापाथाली गोदाममा छ वा छैन, यथार्थ के हो? जानकारी गराउन भन्दै विभागलाई बुधबार नै पत्र काटी इेमलमार्फत पठाइएको छ,’ उनले भने ।

Advertisement

उनले विभागलाई पठाएको पत्रको जवाफ हेरेर कारबाही प्रक्रिया बढाइने बताए ।, याे समाचार आजको राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top