प्रचण्डको आरोप : केपी ओली ‘सामन्ती हिन्दु अतिवादी’ हुन्

७ असोज, काठमाडौं ।

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रण्चण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामन्ती हिन्दु अतिवादी भएको आरोप लगाएका छन् । बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

उनले ओली मार्क्सवादी नभएको जिकिर गरे । ओली प्रवृत्तिबारे आफूले तत्कालिन नेकपामा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेको भन्दै प्रचण्डले भने, ‘ओली प्रवृत्ति विचारको हिसाबले कम्युनिस्ट होइन, माक्र्सवादी होइन, यो सामन्ती हिन्दु अतिवादी हो, (पशुपतिनाथमा) जलहरी चढाएको त सुन्नुभयो होला । मेरो निर्वाचन क्षेत्रमा राम सीता हनुमान राखिदिएको छ । … कम्युनिस्टले यस्तो काम गर्छ त ?’

Advertisement

ओलीले महान नेता हुने अवसर गुमाएको पनि प्रचण्डले बताए । उनले भने, ‘केपीजत्ति वुद्धि नभएको नेता कोही पनि छैन । यति ठूलो अवसर उनलाई थियो, चुप लागेर एकताको बेलामा भएको समझादारी पालना गरेको भए । केपी ओली नेपालको इतिहासमा महान नेता हुने अवसर थियो’ उनले भने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top