प्रचण्डलाई भुसालको जवाफ- हाम्रो चिन्ता छाड्नुहोस्, आफ्नो पार्टी राम्रो बनाउनुस्

७ असाेज, काठमाडौं।

Advertisement

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आफूहरुको चिन्ता छाडेर पार्टी राम्रो बनाउन सुझाव दिएका छन्।

प्रचण्डले आफूहरु विरुद्ध दिएकाे अभिव्यक्तिको खण्डन गर्दै भुसालले यस्तो बताएका हुन्। बिहीबार सामाजिक सञ्जाल ट्विटरमा भुसालले लेखेका छन्, ‘कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो। हाम्रो पार्टी हामीले नै बनाउछौं। तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं।’

Advertisement

प्रचण्डले गत सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टजस्ता वैचारिक दाबी गर्ने नेताहरूले आत्मसमर्पण गरेको टिप्पणी गरेका थिए।

उनले भनेका थिए, ‘त्यो १० जनाको टिम छ नि, उहाँहरूले हामीलाई दरोसँग टेक्नुहोस्, हामी छौं साथमा भन्नुभयो। तर, लास्टमा त सबैले आत्मसमर्पण गर्नुभयो।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top