ईपीएलमा पोखराको कप्तानी विनोदले गर्ने

७ असोज ७८, शुक्रबार

७ असाेज, काठमाडाैँ ।

Advertisement

शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुन लागेको एभरेष्ट प्रिमियर लिगको यो संस्करणमा आफुहरुले बलियो दाबेदारी प्रस्तुत गर्ने पोखरा राइनोजले जनाएको छ । राइनोजद्वारा बिहीबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै टिम म्यानेजर दिपासिंह अग्रवालले यसपटक राइनोजको टिम बलियो भएको दावी गरिन् । ‘यसपटक टिम मजबुत पार्न हामीले अक्सनदेखिनै ध्यान पुर्याएका छौं, टिममा अलराउण्डर खेलाडीको बर्चश्व छ’–उनले भनिन् ।

‘यसपटक हाम्रो लक्ष्य जित हो, तर खेलको नतिजा जता पनि जान सक्छ, यद्यपी राइनोजका सबै खेल रोमाञ्चक हुने आशा लिएकी छु’–टिम वनर समेत रहनुभएकी अग्रवालले बताइन्। उनले राइनोजले सुन्दर शहर पोखरालाई छातीमा टाँसेल मैदान उत्रन लागेको बताउँदै पोखरेलीहरुको साथ र माया पाउने अपेक्षा रहेको बताइन् ।

Advertisement

जम्प नेशनको स्वामित्वमा रहेको राईनोजले प्रतियोगितालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न रणनीति तय गरेको छ । जस अन्तरगत उसले विगतको प्रस्तुतीलाई अध्यन गर्दै यस प्रतियोगिताका लागि मुख्य प्रशिक्षक, बलिङ्ग प्रशिक्षक र फिल्डिङ्ग प्रशिक्षकलाई चयन गरेर सुखद नतिजा निकाल्ने अभियानमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

Advertisement

पत्रकार सम्मेलनमा टिमका प्रमुख प्रशिक्षक उमेश पटवाल, टिम क्याप्टेन बिनोद भण्डारी, बलिङ्ग कोच शक्ति गौचन, फिल्डीङ्ग कोच रिजन प्रजु लगायतले यसपटक राइनोजको टिम चौतर्फी रुपमा सन्तुलित भएको बताए ।

राईनोजले नेपाली मार्की खेलाडी राष्टिय टोलीका विनोद भण्डारीको नेतृत्वमा विदेशी खेलाडीलाई पनि समावेश गरेको छ । जसमा दक्षिण अफ्रिकाका रिचार्ड अन्स्ट लेभी जसले विश्व कपमा प्रदर्शन गरिसकेका छन् । यस्तै वेष्ट ईन्डिजका केसरिक विलियम, श्रीलङ्काका असेला गुणरत्ने र साहान अरचसिगेलाई टिममा समावेस गरेको छ । पत्रकार सम्मेलनमा बिदेशी खेलाडीहरुले राईनोजमा आवद्ध भएर नेपालमा प्रतियोगिता खेल्न पाउँदा निकै खुसी लागेको बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top