नेपाल खुला छ

७ असोज ७८, शुक्रबार

काठमाडौं : सरकारले झन्डै १७ महिनापछि विदेशी पर्यटकलाई नेपालको ढोका खुला गरेको छ। कोरोना भाइरस भित्रिएसँगै २०७६ फागुनदेखि पर्यटक भिसा बन्द थियो। महामारीअघि खुला गरिएका सबै मुलुकका नागरिकलाई अनअराइभल भिसा दिने निर्णय भएको पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताए।

यससँगै आगामी सिजनमा पर्यटकको संख्या बढ्ने सरकारको अनुमान छ। जसकारण व्यवसायी उत्साहित बनेका छन्।

पर्यटकलाई ससर्त आउन दिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयले यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको छ। उक्त आदेशले पूरा डोज खोप लगाएकाहरूले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेको छ। व्यवसायीले खोपको मात्रा पूरा गरेकाहरूका हकमा क्वारेन्टाइनको व्यवस्था हटाउन माग गर्दै आएका थिए। खोपको मात्रा पूरा गरेको १४ दिन कटेको प्रमाण र हवाई उडानको चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट भने अनिवार्य गरिएको छ।

यी प्रक्रिया पूरा गरी आउनेलाई आगमन बिन्दुमा नै अनअराइभल भिसा दिइने मन्त्रालयले जनाएको छ। खोप नलगाएकाहरू भने आफ्नै खर्चमा १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ। ११ औं दिनमा कोभिड परीक्षणपछि नेगेटिभ आए गन्तव्यमा जान पाउने छन्। पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमतिसमेत देखाउनुपर्नेछ।

पर्यटकले नेपालमा होटल बुक गरेको प्रमाणसमेत साथमा बोक्नुपर्नेछ। सम्बन्धित नियोगबाटै भिसा लिन चाहने पर्यटकले पनि माथिका सर्त नै पालना गर्नुपर्नेछ।

खोपको डोज पूरा नगरेकाले भने सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाटै भिसा लिनुपर्नेछ। उनीहरूलाई एजेन्सीमार्फत मात्र नेपाल भ्रमणका लागि अनुमति दिइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै विदेशी नागरिकको अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गरिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा परीक्षणको व्यवस्था मिलाइने प्रवक्ता अधिकारीले बताए। कोभिडका कारण थला परेको पर्यटन उद्योगले २ खर्ब रुपैयाँभन्दा बढी नोक्सानी बेहोरेको छ। नेपाल पर्यटन बोर्डले प्रतिमहिना १० अर्ब बराबरको नोक्सानी भइरहेको तथ्यांक सार्वजनिक गरेको छ। कोभिडअघि २०१९ मा ११ लाख ९७ हजार नेपाल भित्रिएका थिए। तर, २०२० मा पर्यटकको संख्या ह्वात्तै घटेको थियो। यो वर्ष जम्मा २ लाख ३० हजार पर्यटक आएका थिए। सन् २०२१ को ८ महिनामा ६६ हजार मात्र पर्यटक नेपाल भित्रिएका छन्। एकजना पर्यटकले दैनिक औसत ५० अमेरिकी डलर खर्च गर्ने गरेको र औसत बसाइ दर १२ दिनको रहेको छ।

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले सरकारको निर्णय स्वागतयोग्य रहेको बताए।,याे समाचार अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top