काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना, घर छाड्ने भए प्रहरीलाई खबर गर्नुस्

७ असोज ७८, शुक्रबार

काठमाडौं: महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि चेकप्वाइन्ट राख्ने र व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश छ ।

यस्तै, प्रहरीले दसैंमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले काठमाडौंमा दसैं तिहार लक्षित गर्दै करिब ५ हजारको संख्यामा प्रहरी परिचालन गरिने जानकारी दिए । उनका अनुसार सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ ।

यस्तै, भीडभाड हुने क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन हुनेछ । यसैगरी, घरबेटीहरूलाई भाडामा बस्ने र काम गर्नेहरूको नाम, ठेगानासहितका फोटोसहितको स्थायी विवरण विस्तृत रूपमा राख्न आग्रह गरिएको छ । चाडपर्व नजिकिँदै गर्दा चोरी, डकैती, लुटपाटलगायत आपराधिक कार्य हुन सक्ने भएकाले परिसरले सचेत हुन समेत सबैमा आग्रह गरेको छ । यस्तै, जुवा, तास, ढुकुटी खेल्ने, खेलाउनेकाबारे जानकारी भए प्रहरी प्रहरीलाई सूचना दिनसमेत भनिएको छ ।

यस्तै, कुनै पनि टोलमा असामान्य व्यक्ति पटक–पटक देखिए निगरानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिँड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई खबर गर्न भनिएको छ ।

यसैगरी, सार्वजनिक स्थलहरूमा धुमपान मद्यपान गर्ने कार्यलाई निरुत्साहित गर्न, लागूऔषध तथा नशालु पदार्थ सेवन तथा वेचबिखन गर्ने कोही व्यक्ति देखिए जानकारी दिन समेत आग्रह गरिएको छ । यस्तै, रातको समयमा घरको ढोका कसैले ढक्ढकाए सो व्यक्तिलाई नचिनेसम्म नखोल्न भनिएको छ भने अपरिचित व्यक्तिले दिएका कुनै पनि खानेकुरा नखान भनिएको छ । रातको समयमा घरका ढोका झ्याल राम्रोसँग लगाएर सुत्न भनिएको छ ।

यसैगरी, बैंक तथा वित्तीय संस्थामा ठूलो नगद कारोबार गर्न जाँदा विश्वासिलो व्यक्तिलाई साथमा लैजान, सार्वजनिक स्थानमा हिँड्दा सुनका गरगहना प्रयोग नगर्न, धम्कीपूर्ण फोन आए सम्भव भएसम्म रेकर्ड गर्न भनिएको छ । यस्तै, जुवा, तास, ढुकुटी खेल्ने, खेलाउनेहरूका बारे जानकारी भए प्रहरी प्रहरीलाई सूचना दिन समेत भनिएको छ ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top