×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

२ श्रावण २०७५

पर्वत, साउन २

गएरातिदेखि परेको अबिरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले पुरिँदा एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय विकास परियार रहेका छन् । घरभित्र सुतेका उनको पहिरोले पुरिएर मृत्यु भएको हो । राति अन्दाजी १ बजे स्थानीयवासी बमबहादुर परियारको एक तले कच्ची घर माथिबाट आएको पहिरोले बगाएको थियो ।

अबिरल वर्षाकै कारण उक्त गाउँका १५ घरमा पनि क्षति पुगेको छ । अहिले उनीहरुलाई बस्ती नजिकै रहेको फर्से धाइरिङ माविमा सुरक्षित साथ राखिएको छ । पीडित परिवारलाई तत्काल खान र बस्नका लागि जिल्ला प्रशासन कार्यालय पर्वतले राहत वितरण गरेको छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मृतक परियारको परिवारलाई तत्काल राहतस्वरुप रु एक लाख हस्तान्तरण गरे । वर्षाकै कारण जलजला गाउँपालिका–७ धाइरिङ बास्कोट बस्ने भीमलाल आचार्यको घर पहिरोले पुरिँदा तीन जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा घरमुलि भीमलाल आचार्य, तुलसीदेवी आचार्य र नारायणी आचार्य रहेका छन् । उनीहरुको उपचारका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङमा लगिएको छ । उनीहरुको टाउको, ढाड र हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

त्यस्तै सोही स्थानमा रहेको लस्ती खोलाको किनारमा रहेका पाँच घरका वासिन्दा खोलाको कटानका कारण विस्थापित बनेका छन् ।

अवरुद्ध बेनी–मालढुंगा सडक सुचारु 

गएरातिदेखिको अबिरल वर्षाका कारण अवरुद्ध बनेको पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित मालढुंगादेखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक केहीबेर अघिदेखि सुचारु भएको छ ।

अबिरल वर्षाका कारण जलजला गाउँपालिका–८ लस्तीमा रहेका सारंगी, लस्ती, जुके र डम्डारे खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय बागलुङ, सुरक्षाकर्मी र यातायात व्यवसायीको पहलमा सडक सुचारु गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सडकमा गुडिरहेको ध १ ज ५४२ नं को एक ट्याक्सी बाढीले बगाएर कालीगण्डकी नदीमा पु¥याएको छ । ट्याक्सीमा सवार यात्रु भने सकुसल रहेको ट्राफिक प्रहरी कार्यालयका सुदीप सापकोटाले जानकारी दिए।

ठूलो वर्षा भएका कारण तत्काल सडक खुलाउन नसकिएको हो । सडक अवरुद्ध हुँदा अलपत्र परेका म्याग्दीको बेनी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
रासस

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top