×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अघिल्लो अध्यादेशअनुसारको विधेयक ल्याउन काँग्रेसको आग्रह

२ श्रावण २०७५

काठमाडौँ, साउन २

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन सरकारलाई आग्रह गरेको छ ।

Advertisement
Advertisement

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले सरकारले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा यथास्थितिमा चिकित्सा शिक्षा विधेयक पेश गरे प्रतिवाद गर्ने निष्कर्ष निकालेको जनाएको छ ।

बैठकले माथेमा आयोगको भावना र मर्मविपरीतको विधेयक ल्याए संघीय संसद्सँगै सातै प्रदेशका प्रदेशसभामा पनि सोहीअनुसारको सशक्त भूमिका निर्वाह गर्ने निर्णय भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पदाधिकारी बैठकमा बिहीबारदेखि शुरु हुने पार्टीको विरोधसभालाई प्रभावकारी र व्यवस्थित बनाउने सम्बन्धमा समेत छलफल भएको प्रवक्ता शर्माले बताए । काँग्रेसले सरकारका केही क्रियाकलापप्रति असहमति राख्दै यही साउन ३ गतेदेखि विरोधसभा गर्ने जनाएको छ ।

बैठकमा सभापति देउवाले भातृ संस्था नेपाल विद्यार्थी संघमा देखिएको विवाद तत्काल मिलाउन निर्देशन दिएका थिए । साथै पार्टीको विधान मस्यौदा समिति बनाउने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको बताउँदै उनले भने, “सम्भवतः भोलि नै ९ देखि ११ सदस्यीय विधान मस्यौदा समिति गठन हुनेछ ।”

काँग्रेसको गत वैशाख १६ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनःसंरचना मुताविक पार्टीको पुनःसंरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन समिति बनाउने निर्णय गरेको थियो ।

पार्टीका विभिन्न तहबाट रायसुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधनलगायत कार्यका लागि अर्को महिना काँग्रेसको महासमिति बैठक बस्ने तयारी छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, प्रवक्ता शर्मा, मुख्य सचेतक बालकृष्ण खाँण, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाललगायत उपस्थित थिए ।

काँग्रेस प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा दाहाल

यसैगरी नेपाली काँग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पुरुषोत्तम दाहाल नियुक्त भएका छन् ।

पार्टी उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले आज उनलाई पार्टीको विधानबमोजिम नियुक्त गरेकाे पार्टी कार्यालयले जनाएको छ ।

ओखलढुंगा निवासी दाहाल विगत चार दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् भने विगत ३४ वर्षदेखि प्राध्यापन पेशामा संलग्न छन् । विसं २०३१ देखि नेपालको लोकतान्त्रिक आन्दोलनमा संलग्न दाहाल मानव अधिकारकर्मी तथा साहित्यकारसमेत हुन् ।

दाहालले विसं २०४१ देखि २०५६ सम्म काँग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य भएर कामसमेत गरिसकेका काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
रासस

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top