गृह मन्त्रालयले गर्याे सशस्त्र प्रहरीका ११ डिआइजीको सरुवा

८ असाेज, काठमाडौँ।

Advertisement

गृह मन्त्रालयले ११ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट ११ जना डिआइजीहरूको सरुवा गरिएको हो ।

मन्त्रालयले बराह बाहिनी सुनसरीमा कमल गिरीको सरुवा गरेकाे छ भने त्यहाँका बाहिनीपति वंशीराज दाहाललाई पशुपति बाहिनी काठमाडौँ सरुवा गरिएको छ ।

Advertisement

यसैगरी, डिआइजी मन्दीप श्रेष्ठलाई गढिमाई बाहिनी हेटौँडाबाट सशस्त्र प्रहरी मुख्यालय सरुवा गरिएको छ। हेटौँडामा किशोर प्रधानलाई पठाइएको छ।

डिआइजी कुलबहादुर नेम्वाङलाई प्रधान कार्यालयको मानवस्रोत विभागबाट विन्ध्यावासिनी बाहिनी, रूपन्देही सरुवा गरिएको छ। राजु अर्याललाई पशुपतिनाथ बाहिनीबाट प्रधान कार्यालयको मानवस्रोत विभागमा सरुवा गरिएको छ ।

Advertisement

सशस्त्र प्रहरीको पोखरास्थित बाहिनीका नारायणदत्त पौडेललाई कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ भने उनको स्थानमा शम्भु सुवेदीलाई पठाइएको छ ।

त्यस्तै, प्रदेश नम्बर २ को चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभाग मुख्यालयमा सरुवा गरिएको छ भने उनको ठाउँमा गणेश ठाडामगरलाई पठाइएको छ। सशस्त्र प्रहरी मुख्यालयको मानव स्रोत विभागमा कार्यरत दुर्गाप्रसाद भट्टराईको सुदूरपश्चिम प्रदेशमा सरुवा भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top