रुकुममा जीप दुर्घटना : ६ जनाको मृत्यु

रुकुममा जीप दुर्घटना : ६ जनाको मृत्यु

विराटनगर,साउन २
रुकुम पुर्वको सिस्ने गाउँपालिका – ५ मा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।सिस्ने गाउँपालिकाको रुकुमकोटबाट साही गाउँपालिकाको धौलापैरा जादै गरेको लु १ ज २५७३ नम्बरको जीप धारपानीमा जीप सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी घटनास्थलमा चार जनाको मृत्यु भएको छ भने अन्य दुई घाइतेको उद्धारको क्रममा मृत्यु भएको रुकुम पूर्वका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रविनलाल श्रेष्ठले जानकारी दिए।

मृत्यु हुने तीन पुरुष र तीन महिला छन्। दुर्घटनामा अन्य तीन पुरुष र दुई महिला घाइते छन्। घाइतेलाई थप उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए।

बर्षाको समयमा सडक चिप्लो भएका कारण जीप दुर्घटना भएको अनुमान गरिए पनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.