सञ्चालनमा नआउँदै सकियो नेपाली रेलको ‘वारेन्टी’

८ असाेज, काठमाडाैँ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनु अगावै सकिएको छ ।  दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जाकारी दिए ।

साे रेल दुई सेट रेल २०७७ असोज २ गते भारतको कोंकण रेल्वे कार्पोरेसनसँग ८४ करोड ६५ लाख रुपियाँमा खरिद गरेर जनकपुर ल्याइएकाे थियाे ।  सो रेल सोही दिन धनुषाको इनर्वा रेल्वे स्टेशनमा त्रिपालले छोपेर राखिएको छ ।

Advertisement

खरिद गरेको एक वर्ष पुरा भएपछि उक्त रेलको इन्जिन र बोगीको वारेन्टी असोज ३ गते सकिएको महाप्रबन्धक झाले बताए । रेलको अनुगमन हुन बाँकी छ, बाहिरबाट हेर्दा ठिकै देखिन्छ भन्दै महाप्रबन्धक झाले थपे, ‘कानुन अभावमा रेल सञ्चालन हुन सकेको छैन । कानुन आएपछि प्राविधिक टोलीलाई बोलाई रेल सञ्चालनमा ल्याइने छ ।”

खुला आकाशमा पालले ढाकेर राखिएको रेलको पाल च्यातिँदै गएको र खियासमेत लाग्न थालेको स्थानिय बताउँछन् । वारेन्टी अवधिमा इन्जिन वा बोगीमा कुनै प्रकारको समस्या वा खराबी आएमा निर्माण कम्पनी पक्षले मर्मत सम्भार गर्नुपर्ने हुन्छ । परीक्षण भइसकेको इन्जिनलाई समय समयमा स्टार्ट गर्नुपर्ने, मोबिल फेर्नु पर्ने र अन्य मर्मतसम्भार पनि गरिरहनुपर्ने निर्माण कम्पनीको भनाई छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top