स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाइएको छैन : अर्थमन्त्री शर्मा

८ असाेज, काठमाडौं।

Advertisement

अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल नबढाएको बताएका छन्। स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी विरोध भएपछि शुक्रबार विज्ञप्ति जारी गर्दै उनले त्यसको खण्डन गरेका हुन्।

अर्थमन्त्री शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत् फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको छ। स्यानिटरी प्याड आयातमा आव २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको हो, बढाइएको होइन।’

Advertisement

वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाहरूको भ्रममा नपर्न उनले सरोकारवाला सबैमा अनुरोध गरेका छन्। उनले भनेका छन्, ‘बरु स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर पाँच प्रतिशत मात्र कायम गरिएको छ। स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको हो।’

ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी-जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोजेको अर्थमन्त्री शर्माले बताएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top