इपिएल : काठमाडौंले टस जित्याे, पहिला फिल्डिङ गर्ने

९ असाेज, काठमाडौं।

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनले ललितपुर प्याट्रियटर्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शनिबार टियु मैदानमा भएको टसमा काठमाडौंका कप्तान सन्दीप लामिछानेले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । सन्दीप र ललितपुरका कप्तान कुशल भुर्तेलले इपिएलमा पहिलो पटक कप्तानी गरेका हुन् ।

हेड टु हेड : इपिएलमा काठमाडौं र ललितपुरबीच तीन खेल भएका छन् । तीनै खेलमा ललितपुर विजयी भएको छ । २०१८ मा ललितपुरले काठमाडौंलाई एक रन र १० विकेटले पराजित गरेको थियो । २०१७ मा ललितपुर ७ विकेटले विजयी भएको थियो ।

Advertisement

काठमाडौंको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुवास खकुरेल, शेर मल्ल, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल (जिम्बावे), शाहिद अफ्रिदी ( पाकिस्तान), रहमानउल्लाह गरबाज ।

Advertisement

ललितपुरको प्लेइङ ११ :

कुशल भुर्तेल (कप्तान) सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, योगेन्द्रसिंह कार्की, रिजन ढकाल, शंखर राना, नारायण जोशी, मिक्यो दोर्जी(भुटान), सन्दुन वीराक्कोडी(श्रीलंका) ओशदा फर्नान्डो (श्रीलंका)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top