×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठजनाको मृत्यु

१० आश्विन २०७८

१० असोज, काठमाडौं ।

मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ।

Advertisement
Advertisement

सिरहाको गोलबजार नगरपालिका–३ गागनपुलस्थित सडकमा ना।६ ख १३१ नम्बरको ट्रकले बा४ ख ६३१२ नम्बरको हाईस र स७ प ९१८५ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी कन्चनपुर नगरपालिका–७ बस्ने ३५ वर्षीय अविषेक कटुवालको गोल्डेन अस्पताल विराटनगर र मोटरसाइकलमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका–१७ बस्ने २७ वर्षीय अच्युत लुईटेलको राउ स्मारक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र हाईसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–४ बाँसघारीस्थित सडकमा बा४ख ६२२० नम्बरको टिपरले प्र३०२००७प ४०८८ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिंदा मोटरसाइकल चालक पाँचखाल नगरपालिका–११ बस्ने ३३ वर्षीय सुमन रेग्मीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँकेको कोहलपुर नगरपालिका–५ एनसिसि चोकस्थित सडकमा लु२त ४७८४ न्बरको ट्याक्टरले भे९प ५६७८ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिंदा मोटरसाइकल चालक सोही नगरपालिका–३ बस्ने ३५ वर्षीय सन्तोष अधिकारीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

बाराको परवानीपुर गाउँपालिका–३ स्थित सडकमा ना६ख ४९७१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री कलैया उपमहानगरपालिका–१ शान्ति टोल बस्ने ५० वर्षीय अनिल सुवेदीको शनिबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरंगजमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रामेछापको सुनापती गाउँपालिका–४ पानीघाटको सिरानमा काठमाडौंबाट हिलेदेवि रामेछापतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०१०२४ च१४४० नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी १ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा गाडीमा सवार सुनापती गाउँपालिका–३ हिलेदेवी बस्ने ४६ वर्षीया शारदा खत्रीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि धुलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका गाडीका चालक सहित ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

नुवाकोटको लिखु गाउँपालिका–५ डुडेस्थित सडकमा ना८ख ५७९१ नम्बरको टिपरले प्रदेश ३ ०२–०११ प ४३१६ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार लिखु गाउँपालिका–५ डुडे बस्ने २८ वर्षीय रामकुमार गजुरेलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ।

म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरस्थित सडकमा ग।१ ज ६६६२ नम्बरको बोलेरो जिपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीया गौमती बिकको शनिबार दिउँसो मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बेनी अस्पताल हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top