×

NEPAL TIMES UPDATES

Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपाका छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026

बगरबाट घर खोतलेर बस्न थाले मेलम्चीवासी

१० आश्विन २०७८

१० असोज, मेलम्ची ।

गएको असारमा भारी वर्षापछि मेलम्ची खोला गेग्य्रान बोकेर उर्लंदा तहसनहस भएको मेलम्ची र हेलम्बु क्षेत्रका बासिन्दाले पुरिएका गेगर खोतलेर आफ्ना बास खोजेका छन् । पुरिए पनि कतिपय सग्लै रहेका ती पुरानै थातथलो उनीहरु फर्कन थालेका छन् ।

Advertisement
Advertisement

अहिले नै बस्न मिल्ने अवस्था नरहेको विज्ञको रायका बाबजुद बाढी प्रभावितले आफ्नै प्रयासमा बगर खोतलेर घरको पुनःनिर्माण गरी बस्न थालेका हुन् । केहीले त घरमा बस्न पनि थालिसकेको छन् भने केहीले बगर खोतलेर घरको तल्लो तला खोज्ने कार्य जारी राखेका छन् ।

अस्थायी टहरामा कति समय बस्ने भनेर घर खोजेर आएको उनीहरुको प्रतिक्रिया छ । जाने ठाउँ नै कहीँ नभएपछि बस्न लायक होस् या नहोस्, त्यही घरका बिग्रे भत्केका संरचना निर्माण गरेर आएका हुन् । प्रशासनिक निकायले भने अहिले नै बस्ने बेला नभएको बताउँदै आएका छन् ।

यहाँका घर बस्न लायक छन् कि छैनन् भनेर अझै अध्ययन नहुँदै स्थानीय भने आफ्नो बासमा फर्किएका हुन् । टहराको बास कष्टकर हुनु पनि मुख्य समस्या हो जाडो सुरु हुन लागेकाले थप समस्या पर्ने भन्दै घर नभएकाले भने स्थायी बासको माग गरिरहेका छन् ।

मेलम्ची नगरपालिकाकी मैयाँ दुलालको घर पनि दुई तला पुरिएको थियो । मजदुर र स्काभेटर लगाएर झण्डै एक महिनाको प्रयासमा उनले पनि घरको तल्लो सतह फेला पारेपछि अहिले पुनःनिर्माण जारी राखेकी छन् । अघिले हप्ताबाट उनी घरको माथिल्लो तलामा बस्न थालेकी छन् । अहिले पनि तल्लो तलाको निर्माणको काम जारी रहेको दुलालले सुनाइन् ।

“मर्मतमा मात्रै पाँच÷सात लाख रुपैयाँ खर्च भइसक्यो, अझै कति खर्च हुने हो थाहा छैन”, उनले भनिन्, “त्रासका बीच बस्न बाध्य छौँ ।”

उनका घरकोे सटर पुरै बिग्रिएको थियो । भित्री भाग पनि कतिपय क्षतविक्षत भएका छन् भने गाह्रो चर्किएको थियो । झ्यालढोका पुरै फुटेका थिए । “के गर्नु अन्त जाउँ ठाउँ छैन, जस्तोसुकै भए पनि बस्नै प–यो, खोला आए पनि कहाँ जानु, त्यही भएर आफैँले पुनःनिर्माण गरेर बसेको”, उनले सुनाइन् ।

दुई रोपनी खेतसमेत उनको बगाएको छ । ठूलो आर्थिक क्षति भए पनि उनले पुनःनिर्माण गरेर घर बस्न थालिसकिन् । यहाँका अधिकांशले आफ्नै प्रयासमा घर मर्मत गरिरहेका छन् ।

इञ्जिनीयरलाई देखाएका छैनन् । घर बस्न लायक छ कि छैन भनेर अध्ययन भएको छैन । घरै नभएका भने अहिले सुकुम्बासी जस्तै बन्न बाध्य छन् ।

दुलालका अनुसार मेलम्चीका रहेका घरका आधाजति मानिस बस्न थालिसकेका छन् । आधा मानिस घर खोतल्दै छन् । धेरैका घर जग्गा बैंकमा राखेको छ । कतिपय ऋणको किस्ता कसरी तिर्ने भनेर चिन्तित छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालका अनुसार प्रारम्भिक आँकडामा नगरक्षेत्रका २४७ घर बाढीले बगाएको छ । कूल एक हजार ७०० रोपनीभन्दा बढी जमिन लगेको छ ।

उनले जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको सुनाएका छन् । अझै क्षतिको विवरण आउनेक्रम छ । “अहिले नै बस्न हुँदैन भनेर सुझाव दिएका हौँ, तर स्थानीय आफैँ खोतलेर घर मर्मत गर्दै बस्न थालेका छन्”, अर्यालले भने ।

हेलम्बु गाउँपालिकाको प्रारम्भिक विवरणमा २२७ घर बगेको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । कूल दुई हजार १०० रोपनी बढी जग्गा लगेको छ । यहाँको मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय बाढीका कारण मुख्यगरी नगरपालिकाको वडा नं ६, १० र ११ मा ठूलो क्षति भयो ।

मेलम्ची बजारको खोला तटीय क्षेत्र तहसनहस भएको छ । आसपासका बस्ती विस्थापित छन् । नगरपालिकाले रु ५० लाख हालेर राहत तथा पुनःस्थापना कोष बनाएको र अन्य सङ्घसंस्था र समुदायलाई कोषमा रकम जम्मा गर्न आह्वानसमेत गरेको छ ।

बाढी र पहिराले छियाछिया पारेका मेलम्चीका तटीय बस्ती र अलिक परका गाउँले अझै पनि त्रासमा छन् । माथिल्लो क्षेत्रमा विनावर्षा पनि ठाउँठाउँमा लेदो खस्न रोकिएको छैन ।

छियाछिया पारेको पहाडबाट सुक्खा पहिरो खस्ने जोखिम कायमै छ । कतै खस्न ठिक्क परेका ढुङ्गा माटोका ढिस्का छन् । खोला किनारको तल्ला तहमा माथिबाट बगाएको बाढीले थुपारेर ठूलो बगर बनाएको छ । खोलाले किनाराका बगर छेउछाउ कटान गर्नेक्रम अहिले पनि जारी छ ।

“तल्लो तटीय क्षेत्र जोखिममा छ, भत्किएको पहाड धेरै बग्न बाँकी नै छ, मेलम्ची र हेलम्बुवासी सुरक्षित छैनन्”, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भन्छन् ।

कतिपय घर खोलाभित्रै पुरिएका छन् भने कति घर बगाएका छन् । केही ढलेर बसेको र कति घरको चार तलासम्म बगर भरिएको स्थानीय सुनाउँछन् । त्यसको माथिल्लो क्षेत्र हेलम्बुका ठाउँठाउँका खोला किनारसमेत तहसनहस भएपछि विस्थापित अस्थायी टहरामा बसिरहेका छन् । उनीहरु स्थायी बसोबासको माग गरिरहेका छ्न् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मेलम्चीमा पुलका लागि पैसा छुट्याएको छ । खोला बढिरहेकाले काम अघि बढाउन सकिएको छैन । बस्ती पुनःस्थापनका लागि काम भइरहेको छ ।

घर बनाउनका लागि पहिलो किस्ता निकासा गरिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए तर त्यो सरकारी सानो किस्ता रकम प्रभावकारी हुने देखिँदैन ।

ठूलो तहसनहस भएकाले माथिल्लो तहदेखि नै व्यवस्थापन नगरेसम्म तल्लो तटीय क्षेत्रमा पुनःस्थापन गर्ने कार्य योजना बनिसकेको छैन ।

“माथिबाट कति बग्छ, कति पुरिन्छ भन्ने कुरा नै यकीन छैन, माथिल्लो तटीय क्षेत्रबाट झरेको र झर्दै गरेको गेग्य्रान तुरुन्तै खनेर हटाउन पनि सम्भव छैन, माथि नै थेग्ने गरी काम गर्ने की फाल्ने हो भन्ने कुरा अध्ययन मैै छ”, पोखरेलले भने ।

उनका अनुसार पुरिएका घर बस्न मिल्ने छ कि छैन भन्ने कुरा टुङ्गोमा पुगिसकेको छैन । पोखरेलले थपे, “सम्भवतः त्यो बस्न मिल्ने अवस्थामा छैन होला, अध्ययन नगरी बस भन्ने अवस्था छैन ।”

ठ्याक्कै कुन ठाउँसम्म बस्न मिल्ने हो भन्ने यकीन भएको स्पष्ट पार्नुभयो तर स्थानीय भने बस्न थालिसकेका छन् । विज्ञले जुनसुकै बेला खोला आउनसक्ने भन्दै सचेत गराएका छन् । मेलम्चीमा खोलाको सतहभन्दा २५÷३० फिट माथिसम्म बगर भरिएको छ ।

मुख्यगरी गएको असार १ र १६ गते आएको भीषण वर्षापछिको बाढीले यहाँ तहसनहस पारेको हो । यसपाली औसतभन्दा बढी नै वर्षा हुँदा सिन्धुपाल्चोकसहित मुलुकका ७१ जिल्ला प्रभावित भएको छ ।

जेठ २८ मा भित्रिएर ३० गतेदेखि देशैभरि मनसुन सक्रिय भएको थियो । त्यसको अर्को दिनबाटै भारी वर्षा सुरु भई जनजीवन प्रभावित बनायो ।

सुरुआती वर्षाले मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो । असार १ र असार १६ गते पुनःभारी वर्षा हुँदा सिन्धुपाल्चोकमा दोहोरिएर क्षति भएको हो । गत वर्ष पनि सिन्धुपाल्चोक यसैगरी प्रभावित भएको जिल्ला हो ।

बाढीपहिराका कारण सिन्धुपाल्चोकमा अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ भने २० बेपत्ता छन् । मुलुकभर यसपटक बाढी, पहिरो र डुबानबाट यो वर्ष १३४ जनाको मृत्यु भएको छ भने ४६ जना हराइरहेका छन् ।

Advertisement

मनसुन अझै सकिएको छैन । यही असोज तेस्रो सातामा मनसुन बाहिरिने मिति रहेपछि कुन दिन जान्छ यकीन नभएको मौसमविद्ले बताएका छन् । यद्यपि पछिल्लो समयमा भने मनसुन कमजोर देखिएकाले घमाइलो बढेको छ ।

भर्खरको समाचार

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top