×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

एमाले प्रकाशको ताप हो, एक्लै लड्ने सामर्थ्य राख्छ – गोकर्ण विष्ट

१० आश्विन २०७८

१० असोज, काठमाडौं ।

नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेपालको राजनीतिमा एमाले अग्लो रुख भएको बताएका छन् ।

Advertisement
Advertisement

आइतबार नेपाल मुस्लिम इत्तेहाद संगठनको बृहत केन्द्रीय भेलालाई सम्बोधन गर्दै विष्टले भने, ’नेपालको राजनीतिमा एमाले जंगलको अग्लो रुखजस्तै हो । कहिले आँधी, कहिले हुरी आउने गर्छ । तर निरन्तर अडिग हुन्छ ।’

विष्टले जो बलियो हुन्छ त्यसैविरुद्ध गठबन्धन हुने भन्दै ५ दलीय गठबन्धनका लागि एमाले एक्लै भारी रहेको बताए । ’एमाले प्रकाशको ताप हो । एक्लै काफी छ । लड्ने सामर्थ्य राख्छ । विजय प्राप्त गर्दछ । एमाले यो विश्वासका साथ अघि बढिरहेको छ,’ उनले भने ।

विष्टले कम्युनिस्ट आन्दोलनमा कही नभएको जात्रा हाडी गाउँमा देखिएको पनि उल्लेख गरे । विष्टले सर्वोच्च अदालतको फैसलाबाट एकता भंग भएपछि माधव नेपालसँग गएको र १० बुँदे सहमतिबाट एमाले पुरानै संगठनमा फर्किएपछि एकतामा आएको बताए ।

माधव नेपाललाई पनि १० बुँदेमा टेकेर कुनै हालतमा एकतामा आउन सुझाव दिएको तर सल्लाह नै नगरि दल विभाजन गरेको विष्टको आरोप थियो ।

’देङ स्याओ पिङले पार्टीभित्र फरक विचार राख्दा जेल जीवन भोगेका थिए । तर माओको निधनपछि देङ स्याओ पिङको नेतृत्वमा चीनले आधुनिकता पायो । कहिलेकाहीँ विभाजनभन्दा धैर्यता बलियो हुन्छ । तर यो मर्मलाई माधव नेपालले बुझ्न चाहनुभएन,’ उनले भने ।

मार्क्स र माओको जीवनमा समेत अल्पमतमा परेको भन्दै अल्पमतमा परे भन्दैमा विभाजनतर्फ जानु उचित नभएको उनको भनाइ छ । ’विधिको वकालत गर्ने माधव नेपालले १० बुँदे मान्नुपर्थ्यो । तर १३ जना स्थायी कमिटीको बैठक राखेनन् । १० जना त एकतामा जान वकालत गरिरहेको बेला कुनै छलफल नगरिकन विभाजन जानुले उहाँको मुखौटो उदाङ्गो भएको छ,’ उनले भने ।

ओलीको पालामा दल विभाजनसम्बन्धी अध्यादेश आउँदा अस्थिरता पैदा गर्छ भनेर ४० प्रतिशतले दल फुटाउने अध्यादेश ल्याउँदा विरोध गर्ने माधव र झलनाल खनालले कांग्रेस र माओवादीसँग मिलेर कम्युनस्ट आन्दोलन, एमाले कमजोर पार्न, ४० होइन २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याउनु संवैधानिक र नैतिक हिसाबले बेठिक भएको उनको भनाइ थियो ।

Advertisement

दल निर्माण गर्न सैद्धान्तिक वैचारिक कारण चाहिने भन्दै अल्पमतमा परे भनेर खोलिएका दल कहिल्यै स्थापित नभएको विष्टले बताए । ’माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्नुभएको छ । हामी एमालेको झण्डामा एकताबद्ध बनाउँछौं,’ उनले भने ।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top