×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

कर्णालीका स्थानीय तहमा देउवा पक्ष बलियो

१० आश्विन २०७८

१० असोज, सुर्खेत ।

कर्णाली १० मध्ये केही जिल्लामा नेपाली कांग्रेसको १४औं महाधिवेशनका स्थानीय तहका प्रतिनििध छानिने क्रम जारी छ । केही जिल्लामा स्थानीय तहका प्रमुख पदाधिकारीका लागि निर्वाचन भइरहेको छ ।

Advertisement
Advertisement

कर्णालीका सल्यान, कालिकोट र दैलेख जिल्ला स्थानीय तहमा कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा भएको छ । कालीकोट, दैलेखमा देउवा मजबुत देखिएका छन् भने सल्यानमा बराबर स्थानीय तहमा दुवै पक्षले पाएका छन् ।

कालीकोटका नौ स्थानीय तहमध्ये पाँचवटामा स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ ।

खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य, नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला, पलाता गाउँपालिकामा धीरा बम (महिला), तिलागुफा नगरपालिकामा धीरेन्द्र थापालाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ। यस्तै महावै गाउँपालिकामा पुरारी अधिकारीलाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ ।

रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिका नेतृत्व चयन हुन बाँकी छ ।

त्यस्तै दैलेखका ११ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा नेतृत्व चयन भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बलियो पकड क्षेत्र मानिएको दैलेखका पाँचवटा स्थानीयतहमा देउवा पक्षले आफ्नो वर्चश्व जमाएको छ ।

पाँच पालिकामध्ये दुल्लू नगरपालिकामा सहमतिकै आधारमा लालबहादुर रावत सभापति भएका छन् । जिल्ला सदरमुकामसमेत रहेको नारायण नगरपालिकामा पनि देउवा पक्षका मनोज थापा विजयी बनेका छन् ।

नौमुले गाउँपालिकामा गंगबहादुर शाही विजयी भएका छन् । चामुण्डाविन्द्रासैनी नगरपालिकामा जगतबहादुर शाही पनि देउवा पक्षबाट नै सभापति बनेका छन् । डुंगेश्वर गाउँपालिकामा पनि देउवा पक्षका भीमबहादुर भट्ट विजयी भएका छन् ।

सल्यान जिल्लामा देउवा र पौडेल प्यानलबाट समान पाँच–पाँच स्थानीय तहमा विजयी भएका छन् ।

शनिबार सम्पन्न अधिवेशनमा एक स्थानीय तहमध्ये दुई स्थानीय तहमा सर्वसम्मत भएको थियो भने बाँकी आठमा स्थानीय तहमा चुनाव भएको थियो ।

सर्वसम्मत भएको त्रिवेणी गाउँपालिकामा गंगाराम पुन देउवा प्यानलका हुन् भने सिद्धकुमाख गाउँपालिकामा सहमतिमा सभापति भएका वीरबहादुर बुढाथोकी पौडेल प्यानलका हुन् ।

Advertisement

यस्तै चुनावबाट सम्पन्न मत परिणामअनुसार देउवा प्यानलले बनगाड कुपिण्डे, बागचौर नगरपालिका, छत्रेश्वरी र कुमाख गाउँपालिकामा जित हासिल गरेको छ भने पौडेल प्यानलले शारदा नगरपालिका, कपुरकोट, कालिमाटी र दार्मा गाउँपालिका विजय हासिल गरेको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top