×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

३ वटा प्रतिवेदन पारित गर्दै सकियो एमाले बैठक, घनश्याम भुसालको फरकमत

१० आश्विन २०७८

१० असोज, काठमाडौं ।

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सकिएको छ । शुक्रबार सुरु भएको बैठक आइतबार तीनवटा प्रतिवेदन पारित गर्दै सकिएको हो ।

Advertisement
Advertisement

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन मस्यौदा बैठकले सुझाबसहित पारित गरेको प्रचार विभाग प्रमुख योगश भट्टराईले जानकारी दिए ।

तीनवटै प्रतिवेदनमाथि १० वटा समूह बनाएर शनिबार छलफल भएको थियो । सो छलफलमा आएका सुझाब तथा प्रश्नबारे अध्यक्ष ओलीलगायत प्रतिवेदन प्रस्तुतकर्ता नेताले जवाफ दिएका थिए । जवाफ दिनेक्रममा अध्यक्ष ओलीले संसद विघटन ठिक रहेको भन्दै बचाउ गरेका थिए ।

उता ७० वर्षे उमेर हद कायम राखिने जवाफ उपमहासचिब पौडेलले दिएका थिए । उनले विधान महाधिवेशनले निर्णय गरेमात्र सो व्यवस्था परिवर्तन हुने अन्यथा ७० वर्ष उमेर पुगेकाले कार्यकारी पद लिन नपाइने व्यवस्था कायम रहने जानकारी दिएका थिए ।

प्रचार विभाग प्रमुख भट्टराईका अनुसार विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुबारे यसअघिको निर्णयमा केही सुधार गरिएको जानकारी दिए । यसअघि विभागबाट १५ जना प्रतिनिधिले भाग लिने भनिएकोमा अब ५ जनालेमात्र भाग लिन पाउने भएका छन् । करिब ५ हजार प्रतिनिधिले महाधिवेशनमा भाग लिने उनले बताए ।

बैठकमा अर्का महासचिब घनश्याम भुसालले भने फरकमत राखेका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भुसालले आफूले केही फरकमत राखेको बताए ।

उनले राजनीतिक प्रतिवेदनमा फरकमत राखेका हुन् । उनले अहिले समाजमा परिवर्तन भइसकेको भन्दै त्यसलाई समाजवादसम्म लैजाने कार्यक्रमबारे यसअघिकै अडान राखेको बताए ।

Advertisement

केन्द्रीय कमिटीले पारित गरेका ३ वटै प्रतिवेदनलाई यही असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा हुने विधान महाधिवेशनमा पेश गरिने छ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top