×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दातृ निकायले छाडेपछि बिचल्लीमा भुटानी शरणार्थी

१० आश्विन २०७८

१० असोज, झापा ।

लामो समयदेखि भुटानी शरणार्थीले पाउँदै आएको रासन केही वर्षदेखि बन्द छ ।

Advertisement
Advertisement

दातृ निकाय राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चआयुक्त (यूएनएचसीआर)ले गत वर्षदेखि दमकको कार्यालय नै बन्द गरिसकेको छ ।

भुटानी शरणार्थी समस्या ९० प्रतिशतभन्दा धेरै समाधान भएको भन्दै उसले कार्यालय बन्द गरेको हो । पुनर्वासको क्रममा एक लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थी तेस्रो देश पुनर्वास भएर गएका छन् । तर, यहाँ बस्ने भुटानी शरणार्थी भने कष्टकर जीवन बिताइरहेका छन् ।

शिविरमा कमाइ गर्ने वैधानिक बाटो छैन । दातृ निकायले रासन पनि दिन छाडेको छ । पाउँदै आएका अन्य सुविधा पनि क्रमशः कटौती हुँदै गएकाले शिविरमा संकट आएको शरणार्थी बताउँछन् ।

शिविरमा आफ्नै देश जाने अडानले पुनर्वास छाडेर बसेका वृद्धवृद्धा, अशक्त र पुनर्वासमा छुटेका करिब छ हजार ३०० शरणार्थी रहेको शरणार्थी अगुवा युवराज राई बताउँछन् ।

‘शिविरको अवस्था बाहिरबाट हेरेजस्तो छैन । तेस्रो देशमा आफन्त छन्, पठाइहाल्छन् भन्ने ढंगबाट सोचिन्छ । तर, यहाँको अवस्था यस्तो छैन’, उनी भन्छन्, ‘रासन पाउन छाडे । विदेशमा भएका आफन्तले पैसा पठाउँदैनन् । शिविरमा मर्नु कि बाँच्नु अवस्था छ ।’

शिविरमा अहिले आफूले आफैँलाई अभियान चलाइरहेका छन्, शिविरमा रहेका युवाहरू । पुनर्वास गएकालाई सहयोग माग्दै उनीहरू शिविरमा राहत वितरण गर्दै आएका छन् ।

‘अब त हामीले मागेरै खाने बेला आयो । विभिन्न देशमा गएका भुटानी शरणार्थीलाई सहयोग मागेर दाल, चामल र आवश्यक कुराहरू वितरण गर्दै आएका छौँ’, आँसु पुछौँ अभियानका प्रतिनिधिसमेत रहेका युवराज भन्छन्, ‘यति नगरे त शिविरमा भोकमरी आउने अवस्था छ । यस्तो अवस्थाबाट बच्नका लागि आफूले आफैँलाई बचाउँदै आएका छौँ हामी ।’

कोरोनाकालले भुटानी शरणार्थीमाथि संकट थपेको शरणार्थी अगुवा चिरञ्जीवी राई बताउँछन् । ‘कोरोनामा त झनै संकट भयो । सहयोग मागेर हामीले संक्रमितलाई सहयोग ग¥यौँ’, उनले भने, ‘शिविरमा पारिवारिक विखण्डनको समस्या त छँदै छ । त्यहीँमाथि गरिबीले सताएको छ ।’

तेस्रो देशमा भएका भुटानी शरणार्थीले विभिन्न समयमा सहयोग गर्दा केही सहज भएको भुटानी शरणार्थी दिल भुटानी बताउँछन् । ‘तेस्रो देश गएकाले कहिले बुबाआमाको स्मृतिमा, कहिले जन्मदिनमा वा यस्तै अवसरमा सहयोग गर्नुभएको छ’, उनी भन्छन्, ‘हामी पनि उहाँहरूले गरेको सहयोग विपन्न नागरिकसम्म पु¥याउन सहयोग गरिरहेका छौँ ।’

दातृ निकायले रासन सहयोग गर्न छाडेको छ । नेपाल सरकारले पनि सहयोग गरेको छैन । सरकार तेस्रो देशमा भएकाले पठाउने भन्दै सहयोग गर्दैन । तर, भुटानी शरणार्थीको अवस्था निकै नाजुक रहेको भुटानी शरणार्थी अगुवा डा. भम्पा राई बताउँछन् ।

‘यूएनएचसीआरलाई यहाँ ल्याउने बेलामा हामीले निकै दुःख गरेका थियौँ । यहाँबाट जाने बेलामा एक पटक पनि सोधेन’, उनी भन्छन्, ‘एक जना भुटानी शरणार्थी हुनु पनि समस्या हो । उसले सबै समाधान नगरी जानुहुँदैन थियो ।’

शरणार्थी शिविरमा दैनिकी चलाउन वैधानिक कुनै बाटो छैन, जसले गर्दा शरणार्थीले अवैध बाटो रोज्नुपर्ने अवस्था आउने खतरा रहेको डा. राई बताउँछन् ।

Advertisement

‘कमाइ खाने वैधानिक बाटो केही छैन । दातृ निकायले रासन पनि दिन छाड्यो’, उनी भन्छन्, ‘यसले अवैध बाटो रोज्न बाध्य हुने अवस्था आउँदै छ ।’

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top