×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

झापामा सहुलियत मूल्यको चामल बिक्री सुरु

१० आश्विन २०७८

१० असोज। काठमाडौं ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोड कार्यालयले चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा उपभोक्तालाई चामल बिक्री गर्न सुरु गरेको छ। कार्यालयले नौ हजार क्विन्टल चामल सहुलियत मूल्यमा बिक्रीका लागि राखेको कार्यालयमा प्रमुख देवेन्द्र राईले बताए।

Advertisement
Advertisement

कार्यालयबाट दैनिक १२÷१५ जनाले मात्र खरिद गर्ने गरेको उनले जानकारी दिए। हालसम्म २३ क्विन्टल चालम बिक्री भइसकेको छ। उनका अनुसार सरकारले यसपटक चामलमा प्रतिकेजी पाँच रुपैयाँ अर्थात आठ प्रतिशत मात्र छुट दिएको छ।

कोभिड–१९ का कारण जिल्लामा गरिएको निषेधाज्ञा अवधिभर कार्यालयले २० प्रतिशत छुटमा चामल बिक्री गरेको थियो। सो समयमा दैनिक २०० भन्दा बढी चामल किन्न आउनेको भीड नियन्त्रण गर्न कुपन लागू गर्नुपरेको थियो।

उनले कार्यालयले सोना मन्सुली, बासमती र स्टिम जिरा मसिनो चामल सहुलियत मूल्यमा बिक्री गरिरहेको बताए। चामल खरिदकर्ताले एक पटकमा तीनै प्रकारका चामल एक÷एक बोरा खरिद गर्न सक्ने तर एउटै प्रकृतिको चामल भने एक बोरा मात्र खरिद गर्ने सकिने उनको भनाइ छ।

कार्यालय प्रमुख राईले बासमती चामलको बजार मूल्य प्रतिकेजी १०६ रुपैयाँ, स्टिम जिरा मसिनोको ६५ रुपैयाँ रहेकामा कार्यालयले प्रतिकेजीमा पाँच रुपैयाँ छुट दिएर बिक्री गरिरहेको बताए। ‘चाडपर्व आउन अझै निकै दिन बाँकी छ,’ उनले भने, ‘मानिसले पैसा जोहो गर्दै हुनुहुन्छ होला। थोरै भए पनि सहुलियत छ, आइहाल्नुहुन्छ नि?’

असोज १ गतेदेखि दसैँ, तिहार र छठलाई लक्षित गर्दै बिक्री शुरु गरिएको चामल कात्तिक २४ गतेसम्म बिक्री हुने जनाइएको छ। कार्यालयबाट सहुलियत मूल्यको चामल पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ पठाइने उनको भनाइ छ।

Advertisement

सरकारले उपभोक्तालाई चाडपर्वमा खाद्यवस्तु, चामल, गहुँ, दाल, चिउरा, आटाको पिठो, तोरीको तेल, सनफ्लावर तेल सहुलियत मूल्यमा बिक्रीका लागि अनुमति दिए पनि कार्यालयमा भने चामल मात्र रहेको प्रमुख राईले जानकारी दिए।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top