सोमबार देखि १८ वर्ष माथिका सबैलाई अष्‍ट्राजेनिका खोप, थपिए ७ खोप केन्द्र

१० असोज ७८, सोमबार

१० असोज, काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले (भोली) सोमबार देखि १८ वर्ष माथिका सबैलाई खोप लगाउने भएको छ ।

महानगरपालिकाको आज एक सुचना जारी गर्दै ३२ वडाको खोप केन्द्रबाट अष्‍ट्राजेनिका खोप उपलब्ध गराउने महानगरले जनाएको हो । तोकिएका खोप केन्द्रहरुमा १० बजेदेखि ४ बजेसम्म खोप लगाइने छ । यस्तै महानगरले थप ७ वटा खोप केन्द्र पनि थप गरेको छ ।

थपिएका खोप केन्द्रमा नेपाल प्रहरी अस्पताल, शशस्त्र प्रहरी बल, बीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल र श्री बीरेन्द्र सैनिक अस्पताल रहेका छन् ।

जिल्ला स्तरीय खोप समन्वय तथा अनुगमन समिति काठमाडौँ र प्रदेश स्वास्थ्य कार्यालय काठमाडौँ आइतबारको निर्णयको आधारमा खोप उपलब्ध गराउने भएको हो ।

खोप लगाउन जाँदा परिचयपत्र खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बर लिएर नजिकको खोप केन्द्रमा जानुपर्ने महानगरको सुचनामा उल्लेख छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top