×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

बेंगलोरले मुम्बईलाई ५४ रनले हरायाे

११ आश्विन २०७८

११ असाेज, एजेन्सी ।

रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । अलराउन्डर ग्लेन म्याक्सवेलको अलराउन्ड प्रदर्शन र तीव्र गतिका बलर हर्षल पटेलको ह्याट्रिकमा आइतबार दुबईमा भएकाे खेलमा बेंगलोरले मुम्बईलाई५४ रनले पराजित गरेको हाे ।

Advertisement
Advertisement

जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १८.१ ओभरमा १ सय ११ रनमा अल आउट भयो । मुम्बईका ओपनर रोहित शर्माले २८ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ४३ रनको योगदान दिए । क्विन्टन डि कक २३ बलमा ४ चौका सहित २४ रनमा आउट भए ।

मुम्बईका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ईशान किशन ९, सूर्यकुमार यादव ८ र क्रुनाल पान्ड्या ५ रनमा आउट भए ।

मुम्बईलाई रोहित शर्मा र क्विन्टन डि ककले पहिलो विकेटका लागि ६.४ ओभरमा ५७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर युजभेन्द्र चहलले डि ककलाई ग्लेन म्याक्सवेलबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । दशौं ओभरको अन्तिम बलमा म्याक्सवेलले रोहितलाई देवदत्त पाडिक्कलबाट क्याच गराउँदै बेंगलोरलाई महत्वपूर्ण सफलता दिलाएका थिए । त्यसपछिका ब्याट्सम्यान चल्न सकेनन् ।

हर्षलले १७ औं ओभरमा ह्याट्रिक लिएका थिए । हर्षलको १७ औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्या एक्स्ट्राकभरमा विराट कोहलीबाट ३ रनमा क्याच आउट हुन पुगे । दोस्रो बलमा अर्का विष्फोटक ब्याट्सम्यान काइरन पोलार्ड ७ रनमा बोल्ड आउट भएपछि मुम्बईको जितको सम्भावना लगभग सकिएको थियो । तेस्रो बलमा राहुल चाहरलाई एलबीडब्लू आउट गर्दै हर्षलले ह्याट्रिक लिएका थिए । उनी बेंगलोरबाट आपिएलमा ह्याट्रिक लिने तेस्रो खेलाडी बनेका छन् ।

बेंंगलोरका हर्षल पटेलले ३.१ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । ग्लेन म्याक्सवेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । भारतका कप्तान विराट कोहलीले ४२ बलमा ३ चौका र ३ छक्का सहित ५१ रनको योगदान दिए । ग्लेन म्याक्सवेलले ३७ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए ।

सिकर भरतले २४ बलमा २ चौका र २ छक्का सहित ३२ रन बनाए । एवि डिभिलियर्स ६ बलमा १ चौका र १ छक्का सहित ११ रनमा आउट भए । जस्प्रित बुमराहले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्ट, एडम मिल्ने र राहुल चाहरले एक एक विकेट लिए ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top