×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

चाडपर्व सुरक्षामा कुकुरदेखि राडर गनसम्म

११ आश्विन २०७८

काठमाडौँ: यस वर्षको बडादशैँ, दीपावली तथा छठपर्वलगायत स्थानीय चाडबाड अवधिभर शान्तिसुरक्षा प्रभावकारी बनाउन आधुनिक सुरक्षा प्रविधि र उपकरणको अधिकतम प्रयोग गरिने भएको छ ।
महानगरीय प्रहरी प्रमुख हरिबहादुर पालले उपत्यकमा हुनसक्ने विभिन्न प्रकृतिका आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी जनशक्तिका अतिरिक्त तालिमप्राप्त प्रहरी कुकुर, सीसी क्यामरा, डिटेक्टर मेसिन, ब्रेथलाइजर र राडर गनलगायत सुरक्षा उपकरण तथा प्रविधिको प्रयोग गरिने बताउनुभयो ।

चाडपर्वमा चुनौती
महानगरीय प्रहरीले पाकेटमारी, चोरी, डकैती, डाँका, हतियार देखाई लुटपाट, विभिन्न प्रलोभनमा ठगी, चन्दा असुली, समूहगत कुटपिट, उच्छृङ्खल र अस्वाभाविक गतिविधि, जुवातास, कौडा, लङ्गुर बुर्जा, दैनिक उपभोग्य वस्तुको कालोबजारी, महँगीलगायत १५ विषयलाई सम्भावित चुनौतीका रूपमा राखेको छ ।

Advertisement
Advertisement

प्रमुख पालले यी चुनौतीको नियन्त्रण तथा व्यवस्थापनका लागि उपत्यका प्रवेश नाका तथा मुख्य बजार क्षेत्रमा कुकुरसहितको सुरक्षा व्यवस्था र बजार क्षेत्र तथा व्यापारिक केन्द्र, सुपरमार्केट, बैङ्क तथा वित्तीय संस्थाहरूमा सीसी क्यामराबाट निगरानी बढाइने जानकारी दिनुभयो ।

त्यस्तै मदिरा सेवन (मापसे)सँगै तीव्र गतिमा सवारी चलाउने, आफूखुसी भाडा असुल्ने, लामो दूरीका सवारीमा दुई जना चालकको व्यवस्था नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारीसाधनभित्र महिला, वृद्ध तथा बालबालिकामाथि हुने दुव्र्यवहार रोक्न हतियारसहितको जनशक्ति परिचालन गरिएको छ ।

सुरक्षाकर्मी खट्ने
महानगरीय प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पालले अपराधमुक्त शान्त र सुरक्षित चाडपर्व–२०७८ बनाउन सुरक्षाकर्मीदेखि नागरिक अधिकारकर्मीसम्म र सुरक्षा पोलिसीदेखि प्रविधिसम्मको प्रयोगमा जोड दिइएको बताउनुभयो ।

यसका लागि उपत्यकाको विभिन्न स्थानमा जडित करिब दुई हजार पाँच सयवटा सीसी क्यामराबाट २४सै घण्टा प्रत्यक्ष निगरानी बढाइएको छ । प्रहरीको मोबाइल गस्ती, पैदल गस्ती, क्यूआरटी (क्विक रेस्पोन्स), कडन एन्ड सर्च, एम्बुसिङ, सीआरभी परिचालन, नियमित चेक प्वाइन्ट ड्युटीजस्ता सुरक्षा कार्यक्रम बढाएको जानकारी दिइएको छ ।

सो कार्यका लागि जनपद प्रहरी पाँच हजार ९८६, ट्राफिक प्रहरी एक हजार चार सय एक, सादा पोसाकमा १७० भन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । एआईजी पालले चाडबाड सुरक्षाका लागि सात हजार ५५७ जना प्रहरी खटिएको बताउनुभयो ।

त्यस्तै एआईजी पालले पेसागत आचारणविपरीतका गतिविधि सञ्चालन गर्ने प्रहरी कर्मचारीलाई कारबाहीको चेतावनी दिनुभएको छ । प्रहरी इमानदार नबन्दा उल्लिखित सुरक्षा चुनौती नियन्त्रण गर्न कठिन हुने जनाउँदै उहाँले चाडपर्वका बेला उपहार शुभकामना लिने–दिने बहानामा कसैसँग हात थाप्ने काम नगर्न र नगराउन निर्देशन दिनुभयो ।

Advertisement

त्रुटिरहित सुरक्षा व्यवस्था
काठमाडौँ, ललितपुर र भक्तपुरको शान्तिसुरक्षा व्यवस्था मुलुककै लागि नमुना बन्ने भएकाले त्रुटिरहित भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नागढुङ्गा नाकाहरूमा कुकुरसहितका सुरक्षाकर्मी खटाइने भएका छन् ।,याे समाचार गाेरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top