आज भारत बन्द

१० असोज ७८, सोमबार


११ असोज, एजेन्सी ।

सरकारले ल्याएको कृषिसम्बन्धी विवादास्पद कानूनको बिरोधमा आज भारतीय किसानले भारत बन्द आयोजना गरेका छन् ।

‘किसानबिरोधी’ कानुन तत्काल खारेजीको माग गर्दै संयुक्त किसान मोर्चा (एसकेएम) ले गरेको देशव्यापी बन्दका कारण भारतको जनजीवन अस्तव्यस्त बनेको छ । एसकेएम चालिस भन्दा बढी किसानहरुको संघ÷ संस्थाहरुको छाता संगठन हो ।

बन्दका कारण राजमार्ग, उद्योगधन्दा तथा कलकारखाना प्रभावित बनेका छन् । किसानको बन्द कार्यक्रकलाई प्रमुख प्रतिपक्ष कंग्रेसलेसमेत समर्थन गरेको छ ।

बन्दका कारण विभिन्न राज्यमा सरकारी तथा निजी कार्यलय, शैक्षिक संस्था, पसलसमेत बन्द छन् । किसानहरुले विभिन्न राजमार्गमा अबरोध सृजना गरेर यातायात सेवा ठप्प पारेका छन् ।

पन्जाब प्रान्तमा कंग्रेसका प्रान्तीय प्रमुख नभजोत सिंह सिन्धुले पार्टीका सम्पूर्ण कार्यकर्तालाई किसान आन्दोलन समर्थन गर्न आह्वान गरेका छन् ।

बिभिन्न राज्यमा नारा र जुलुससहित निस्केका किसानका कारण ट्राफिक अस्तव्यस्त बनेको छ ।

सरकारले ल्याएको कानुनले ठूला निजी कम्पनीलाई अनावश्यक शक्ति प्रदान गरेको र त्यसको असर कृषि क्षेत्र र किसानमा परेको किसानहरूले गुनासो गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top