लुम्बिनी प्रवेशद्वारको फोहोर सातादेखि उठेन

१० असोज ७८, सोमबार

११ असोज, बुटवल ।

आज विश्व पर्यटन दिवस । भारत तथा तेस्रो मुलुकबाट पर्यटक नेपाल आइरहेका छन् । पर्यटन दिवस मनाइरहदा गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा भने पर्यटकलाई फोहोरले स्वागत गरिरहेको छ ।

एक सातादेखि सिद्धार्थनगरको फोहर उठ्न सकेको छैन । फोहोर सडकमा छरिएको छ । सिद्धार्थनगर दुर्गन्धित बनेको छ ।

भैरहवा हुँदै लुम्बिनी तथा अन्य पर्यटकीय क्षेत्र जाने पर्यटक माझ सहरमा थुप्रिएको फोहोरले नकारात्मक सन्देश जाने संस्कृतिविद् गितु गिरीले बताए ।

नगरपालिकामा डम्पिङ साइट नहुँदा नगरबाट फोहोर संकलन गरेर डण्डा खोला छेउमा थुपार्ने गरिएको छ । तर, स्थानीयले नगरमा संकलित फोहोरका लागि नगरपालिकाले योजना बनाएर अगाडि बढ्नुपर्ने र अब डण्डा खोला नजिक फोहोर फाल्न नदिने बताउँदै आएका छन् ।

सिद्धार्थनगर नगरपालिकाले रुपन्देहीको ओमसतिया गाउँपालिका–५ पट्खौलीमा खरिद गरेको जग्गामा पनि स्थानीयको अवरोधपछि त्यत्तिकै अलपत्र परेको छ ।

स्थानीय आशिष पन्तले सडकमै फोहोर थुप्रिदा सहर दुर्गन्धित भएको बताए । उनले पटकपटक नदी किनारमा फोहोर नफाल्न माग गर्दै स्थानीयले अवरोध गरेकाले स्थानीय सरकारले यसतर्फ दीर्घकालिन योजना बनाउनु पर्नेमा जोड दिए ।

प्रख्यात बन्जाडेले २०७६ चैतको लकडाउनअघि नै नगरपालिकालाई फोहोरमैला व्यवस्थापन गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाइए पनि नगरपालिकाले यसतर्फ चासो दिन नसकेको बताए । प्लास्टिक पनि पूर्ण रुपमा निषेध गर्नुपर्ने उनको भनाइ छ ।

सिद्धार्थनगर–२ का वडा सदस्य दीपेशप्रताप शाहीले करिब ३० वर्षदेखि एउटै ठाउँमा ल्याएर फोहोर थुपारिएको बताए । यस क्षेत्रमा स्वर्गद्वारीघाट समेत निर्माण भइरहेको अवस्थामा अब नदी र नदी किनारलाई स्वच्छ र सफा राख्नुपर्ने उनको भनाइ छ ।

सिद्धार्थनगर नगरपालिकाका वातावरण तथा सरसफाइ शाखा प्रमुख केशव पौडेलले स्थानीयको अवरोधका कारण फोहोर फाल्न नसकिएकाले फोहोर सडकमा थुप्रिएको बताए ।

उनले भने, ’फोहोर बोक्ने गाडी जान नसकेकाले फोहोर फाल्न सकिएको छैन, स्थानीयले व्यवस्थित गर्ने कुरा गर्नुभएको छ, यसको लागि नगरपालिकाले पहल गरिरहेको छ ।’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top