नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने चीनकाे चाहना

११ असोज ७८, मंगलबार

१२ असाेज, काठमाडौँ।

चीनले नेपालसँगको सम्बन्धलाई प्रगतिको नवीन मार्गमा अघि बढाउन चाहेको बताएको छ ।

राज्य परिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई साेमबार बधाई सन्देश पठाएर दुई देशबीचको सम्बन्ध नयाँ ढङ्गले प्रवद्र्धन गर्न चाहेको बताएका हुन् ।

Advertisement

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले आफ्ना विदेशमन्त्रीले परराष्ट्रमन्त्री खड्कालाई बधाई सन्देश पठाएका तथा चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन उनीसँग सहकार्य गर्न आफू इच्छुक रहेको सन्देशमा उल्लेख गरेका सामाजिक सञ्जालमा लेखेकी छन् ।

साेमबार सामाजिक सञ्जाल ट्विटरमा राजदूत हउले लेखेकी छन्, “आज चीनका राज्य परिषद् सदस्य तथा विदेशमन्त्री श्री याङ यीले नेपालका नयाँ विदेशमन्त्री माननीय डा नारायण खड्कालाई बधाई सन्देश पठाउँदै चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफ्ना समकक्षीसँग उहाँले सँगसँगै काम गर्ने तत्परता व्यक्त गर्नुभएको छ ।”

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top