×

NEPAL TIMES UPDATES

Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026

विराटनगरमा गर्मी बढ्दै,अाजकाे तापक्रम ३८ डिग्री सेल्सियस

४ श्रावण २०७५

विराटनगर, साउन ४

विराटनगर आसपास क्षेत्रमा केही दिनदेखि गर्मी बढ्दै गएको छ । विराटनगर विमानस्थलको कन्ट्रोल रुमका अनुसार बिहीबार दिउँसोको तापक्रम ३७ डिग्री सेल्सियस थियो भने आज ३८ डिग्री सेल्सियस पुगेको छ ।

Advertisement
Advertisement

गर्मीका कारण सबै उमेर समूहका मानिस प्रभावित बनेका छन् । शीतलताको खोजीमा मानिस रुखको छहारीमा बसेर समय बिताउने गरेका छन् ।

गर्मीबाट बच्न सर्वसाधारण काँक्रा र चिसो पेय पदार्थ सेवन गर्ने गरेका छन् । सर्वसाधारण घरबाट बाहिर कमैमात्रामा निस्कने गरेका छन् । बजारमा दिउँसो चहलपहल अत्यन्त कम देखिन्छ ।

पछिल्लो समय पानी नपरेकाले गर्मी ह्वात्तै बढेको स्थानीयवासी इन्द्रप्रसाद दाहालले बताए । उनले खेती रोप्ने समयमा पानी नपर्नु, हिल्याएको खेत सुक्न थाल्नुले किसान मर्माहत भएका छन् ।

Advertisement

सुनसरी–मोरङमा लगभग ४८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले निर्माण भएको सुनसरी–मोरङ सिँचाइ आयोजनाबाट वितरण हुने पानीका लागि पनि किसानबीच विवाद हुने गरेको छ । खेत रोप्न तयार छ तर पानी छैन । नहरमा आउने पानीमा धेरै किसानको भाग लाग्ने भएकाले पनि समस्या देखिएको स्थानीयवासी वीरनारायण चौधरीले बताए।
रासस

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top