दक्षिण कोरियामा पुनः बढ्न थाल्यो कोरोना संक्रमण

१२ असोज, एजेन्सी ।

Advertisement

दक्षिण कोरियामा पुनः कोरोना भाइरसको संक्रमण बढेको छ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार एकै दिन नयाँ संक्रमितको संख्याया तीन हजार २७३ पुगेको छ।

Advertisement

गत सोमबारदेखि छुसक पर्वको तीनदिने बिदा भएकाले मानिसको अत्यधिक चहलपहल भयो। त्यसैले पनि यो अवस्था आएको अनुमान गरिएको छ। सरकारले उक्त समयमा सामाजिक दूरीको नियमलाई समेत हल्का खुकुलो बनाएको थियो।

बिदाका अवसरमा लाखौं मानिस आफ्नो कार्यस्थलबाट घर फर्किएकाले संक्रमितको संख्या बढेको हो। संक्रमण बढेसँगै कोरोना परीक्षण गर्नेको लाइन पनि लामो हुने गरेको छ।

Advertisement

संक्रमितको संख्या बढ्नेक्रमसँगै सरकारले खोप कार्यक्रमलाई पनि तीव्र गतिमा अगाडि बढाएको छ। हालसम्म ७० प्रतिशतभन्दा धेरैले पहिलो मात्राको खोप लगाइसकेका छन् भने दुवै मात्रा लगाउनेको संख्या ४२ प्रतिशत नाघेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top