१२ असोज, काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार रुपैयाँ तोकिएको छ । सुनको मूल्य सोमबारको भन्दा ३ सय रुपैयाँले घटेको हो ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १५५ कायम गरिएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १६० थियो ।

