NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी बिहिबार भदौ १९ , २०८२
सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ? बिहिबार भदौ १९ , २०८२
अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ? बिहिबार भदौ १९ , २०८२
नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो बिहिबार भदौ १९ , २०८२
प्रहरी भन्छ– ठूलो आवाजमा नखोक्नु, नखकार्नु, फोनमा विस्तारै बोल्नु बिहिबार भदौ १९ , २०८२
Next
Prev

समाचार

पर्यटक आगमनमा तेह्र प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले भ्रमण गरे

शुक्रबार साउन ४ , २०७५
Reading Time: 1 min read
A A
पर्यटन क्षेत्रको पहिचान गरी योजना बनाउन विज्ञको सुझाव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

काठमाडौँ, साउन ४

सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिने बर्खा याममा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको तथ्यांकले देखाएको छ । पर्यटन प्रवद्र्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले ‘अफ सिजन’मा पनि पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले विभिन्न प्रवद्र्धनात्मक अभियान चलाएको थियो ।

तुलनात्मक रुपमा कम पर्यटक आउने मौसममा पनि बाह्य पर्यटकको संख्या बढ्नुले उत्साहित बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । “अफ सिजनमा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको छ । पूर्वाधारको सीमिततामा थप पर्यटक भित्र्याउने अभियान चलाएका कारण यसमा सकारात्मक प्रभाव परेको देखिन्छ । आगामी दिनमा प्रवद्र्धनात्मक गतिविधिलाई थप प्रभावकारी बनाइन्छ”, उनले भने ।

पर्यटक वृद्धि हुनुको पछाडि निजी क्षेत्रले गरेको प्रयास सकारात्मक देखिएको छ । नेपालका व्यवसायीले भारतका विभिन्न शहरमा पर्यटन प्रवद्र्धनको काम गरेका छन् । पोखराका पर्यटन व्यवसायीले गर्मी छल्न ‘पोखरा आउनुहोस्’, ‘चलो पोखरा’ जस्ता अभियान सञ्चालन गरेका छन् ।

जुन महिनामा बंगलादेशी पर्यटकको संख्या अकस्मात् बढेको छ । विभागको तथ्यांकअनुसार सन् २०१८ को जुनमा एक हजार ८५० बंगलादेशी पर्यटक नेपाल आएका थिए  । सन् २०१७ को जुनमहा कूल तीनजना बंगलादेशी पर्यटक मात्र नेपाल आएका थिए ।

भारतीय र चिनियाँ पर्यटक बढे 

पछिल्लो तथ्यांकअनुसार नेपाल आउने भारतीय पर्यटकको संख्यामा वृद्धि भएको छ । बोर्डका अनुसार पछिल्लो छ महिनामा ९६ हजार ३७२ भारतीय पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको छ महिनाको तुलनामा १९ प्रतिशतले बढी हो ।

यस्तै चीनबाट ७१ हजार हजार ३७९ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । प्रतिशतका आधारमा चीनबाट नेपाल आउने पर्यटकको संख्यामा ३४.१ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकाबाट ४३ हजार ८१६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १५.३ प्रतिशत बढी हो । जापानबाट १३ हजार ८५१ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

दक्षिण एशियाली मुलुक भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट कूल एक लाख ३१ हजार ७३० पर्यटक नेपाल भ्रमणमा आएका छन् । गत आवको सोही अवधिमा एक लाख २३ हजार ३८ पर्यटक नेपाल आएका थिए । यो गत वर्षको सोही अवधिको तुलनामा २५.३३ प्रतिशतले बढी हो ।

युरोपेली मुलुक अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इजरायल, इटाली, नेदरल्याण्ड, पोल्याण्ड, स्पेन, स्विडेन, स्विट्जरल्याण्ड, संयुक्त अधिराज्य बेलायत र रुसबाट पछिल्लो छ महिनामा एक लाख दुई हजार ४०४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा ती देशका ९१ हजार ३८५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो १९.६९ प्रतिशतले बढी हो ।

अष्ट्रेलिया र न्यूजिल्याण्डका १८ हजार ६७३ जनाले छ महिनामा नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा १७ हजार ३०७ जनाले नेपाल भ्रमण गरेका थिए । यो करीब ३.५९ प्रतिशतले बढी हो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । करीब २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसमेत राखिएको छ । त्यसका लागि भौतिक पूर्वाधारको विकास र पर्यटनमैत्री संरचनाको विकासमा ध्यान दिइएको छ । सरकारले विदेशमा रहेका कूटनीतिक नियोगलाई पनि नेपालका बारेमा प्रचारप्रसार गर्न र पर्यटकलाई नेपाल भ्रमणमा पठाउन आग्रह गरेको छ । विदेशका विभिन्न शहरमा नेपाल प्रवद्र्धनका कार्यक्रम भइरहेका छन् । गैरआवासीय नेपाली संघले समेत नेपाल प्रवद्र्धनका कार्यक्रम गरिरहेका छन् ।

होटल एशोसिएसन अफ नेपालका महासचिव विनायक शाहले पर्यटक आगमनमा वृद्धि हुनुलाई सकारात्मक रुपमा लिएका छन्। राजनीतिक स्थिरता, स्थिर सरकार तथा नीतिगत रुपमा गरिएका केही सुधारका कारण पर्यटक बढ्न थालेको जानकारी दिँदै उनले भने, “सन् २०१७ देखि नै पर्यटक आगमनमा वृद्धि भएको हो । यसले सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्षलाई समेत सकारात्मक सन्देश प्रदान गर्ने र सफल बनाउन लाग्नुपर्छ ।”

नेपाल वायु सेवा निगमले हालै भित्र्याएको वाइड बडी जहाज, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारत भ्रमण र आगामी दिनमा हुने चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणले समेत पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको विश्लेषण छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले तुलनात्मक रुपमा पर्यटकको वृद्धि हुनुलाई सकारात्मक रुपमा लिन सकिने टिप्पणी गरे । उनले पछिल्लो समय धार्मिक पर्यटनमा वृद्धि भएको भए पनि पदयात्रामा जाने पर्यटक भने कमै मात्रामा नेपाल भित्रिएको जानकारी दिए । उनले भने, “पर्यटन क्षेत्रमा फैलाइएको गलत अफवाहलाई नियन्त्रण गरेर स्वच्छ, मर्यादित, व्यवस्थित पर्यटन प्रवद्र्धन गर्नुपर्छ । त्यसका लागि सरकार, व्यवसायी सबैले सकारात्मक पहल गर्नु आवश्यक छ ।”
रासस

लोकप्रीय

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२

विचार

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२

थप समाचार

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने
ज्ञान-बिज्ञान

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी
Breaking news

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो
अन्तर्राष्ट्रिय

नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो

बिहिबार भदौ १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.