दशैं लक्षित बजारमा चहलपहल बढ्यो, तर छैन सामान

१२ असाेज, काठमाडाैँ ।
नेपाली हिन्दूहरूको महान् चाड बडादशैं नजिकिँदै जादा बजारमा उपभोक्ताको चाप बढेको छ । पछिल्लो समय कोरोना संक्रमण घटेसँगै चाडबाड लक्षित बजारमा चहलपहल बढेको हो ।

विशेषगरी खाद्यान्न र लत्ताकपडाका पसलमा दशैंलक्षित किनमेल गर्ने उपभोक्ताहरूको भीड बढ्न थालेको हो । आजभोलि काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, खिचापोखरी, ठमेल, कोटेश्वर, कलंकी, कालीमाटी, नयाँबजारलगायत क्षेत्रका पसलहरूमा उपभोक्ताको बाक्लो भीड देख्न सकिन्छ ।

कोरोना महामारीको त्रासका कारण अघिल्लो वर्षको दशैंमा धरैजसो उपभोक्ताले बजारसम्म गएर आफूलाई आवश्यक पर्ने सामान किन्न सकेका थिएनन् । जसले गर्दा अघिल्लो वर्षको दशैंलक्षित व्यापार सामान्य अवस्थाको बेलामा भन्दा करीब ८५ प्रतिशतसम्मले घटेको व्यवसायीहरू बताउँछन् । तर, यसपटक बजारमा उपभोक्ताको चाप बढेपनि व्यापारीमा उत्साह भने देखिएको छैन । कोरोनाको कहर नभए पनि सामान नाकामै रोकिएकाले व्यापार नहुने हो कि भन्ने व्यवसायीहरुलाई चिन्ता भएको छ ।

नेपाल–चीन व्यापारमा प्रयोग हुँदै आएको तातोपानी र केरुङ नाकाबाट सामान आयातमा समस्या देखिएपछि व्यापारीले समुद्रीमार्गबाट सामान ल्याउन लागेका छन् । अहिले चीनबाट नेपाल आउने कुल सामानमध्ये ९५ प्रतिशत सामान समुद्रीमार्ग हुँदै मगाइएको हिमालय सीमापार व्यापार संघले बताएको छ । यसले गर्दा महङगी बढ्ने अनुमान गरिएको छ । यसअघि ८५ प्रतिशत सामान समुद्रीमार्ग र १५ प्रतिशत सडकमार्ग हुँदै ल्याइन्थ्यो ।

कोभिडका कारण चीनले पटकपटक उत्तरी नाकामा अवरोध गर्दा व्यापारीहरूले केरुङ र तातोपानीबाट भन्दा समुद्रीमार्गबाट सामान ल्याउन थालेका हुन् । हाल कोरोना महामारीका कारण चीन जान नपाउँदासमेत नेपालका व्यापारी समस्यामा परेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले व्यापारी चीन जान नपाउँदा समस्यामा परेको बताए । उनले चीन जान नपाउँदा वीच्याटमार्फत सामान अर्डर गर्नुपर्ने बताउदै यसबाट एउटा सामान माग गर्दा अर्को आइपुग्ने समस्या रहेको बताए ।

नेपालमा अन्य समयको तुलनामा दशैं र तिहारजस्ता ठूला चाडपर्वका अवसरमा जुत्ता, चप्पल र लत्ताकपडाको व्यापारमा ४० प्रतिशतभन्दा बढी वृद्धि हुने गर्छ । यस वर्ष यही अनुपातमा व्यापार हुन नसक्ने दखिएको छ । हरेक वर्ष नेपाली व्यापारीहरूले दशैं र तिहारलाई लक्षित गरी छिमेकी मुलुक भारत र चीनबाट मात्रै करीब २५ देखि ३० अर्ब नेपाली रुपैयाँ बराबरको तयारी लत्ताकपडा आयात गर्ने गरेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top