चीनमा पानी जहाज दुर्घटना हुँदा बाह्रको मृत्यु, अरु कैयौँ बेपत्ता

११ असोज ७८, मंगलबार

१२ असाेज, गुयाङ।

Advertisement

चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

अत्यधिक भारीका कारण पानी जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा ४० यात्रु थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराइरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।

Advertisement

खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।रासस / एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top