अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका विराजले च्यासलको कप्तानी गर्ने

११ असोज ७८, मंगलबार

१२ असाेज, काठमाडाैँ ।
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् । च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै टिमलाई कप्तानी गर्न विराज महर्जनसँग एक वर्षे अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको हो ।

अघिल्लो सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका विराजको टोली विजेता भएको थियो । अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ बाट आयोजना हुँदै छ । अनुभवी डिफेन्डर विराजले यस अघि न्युरोड टिम (एनआरटी), थ्री स्टार, संकटा र मनाङ मस्र्याङ्दीबाट खेलिसकेका छन् ।

यस्तै च्यासलले स्कटल्याण्डका ली मान्सनलाई आजैको पत्रकार सम्मेलनबाट प्राविधिक निर्देशक नियुक्त गरेको छ । पछिल्लो पटक लाओस एफसीको प्राविधिक निर्देशकको रुपमा काम लीलाई क्लबले सहिद स्मारक ए डिभिजन लिगका लागि नियुक्त गरेको हो ।

मंगलबारै च्यासल युथ क्लबलाई खेलकुद सामाग्री उत्पादक कम्पनी युक्यानले प्रायोजन गर्न क्लबसँग सम्झौता गरेको छ । चिनियाँ ब्राण्ड युक्यानले मंगलबार च्यासललाई एक वर्षको लागि प्रायोजन गर्ने सम्झोता गरेको हो । च्यासलका अध्यक्ष रमेश ब्यन्जनकार र युक्यानका निर्देशक राजेन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै युक्यानले च्यासललाई सहिद स्मारक ए डिभिजन लिगमा किट्स उपलब्ध गराउनु पर्ने छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top