उद्योग समितिले भन्यो – चाडपर्वमा खाद्यन्न अभाव नहोस्

१२ असाेज, काठमाडाैँ ।

Advertisement

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरुलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरुलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । समितिको निर्णय सुनाउँदै समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चाडबाडको बेला कुनै पनि सामग्रीहरु अभाव हुन नदिन उद्योग मन्त्रालयलाई निर्देशन दिए ।

Advertisement

सबै जिल्लामा सिडिओहरुले बजार अनुगमन गरुन्
उनले काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका सिडिओहरुले अनुगमन गर्ने भन्ने कुरा भइरहेकोले यस्तो अनुगमन अन्य जिल्लाहरुमा पनि लागू गर्न उहाँले मन्त्रालयलाई निर्देशन दिए । सभापति श्रीवास्तवले अहिले बजारमा खानेपानीको अभाव भइरहेको पाइएकोले यस्ता अभावका सामग्रीहरु परिपूर्ति गर्न र सुदूरपश्चिममा देखिएका विभिन्न समस्याहरुको समाधान गर्न पनि मन्त्रालयलाई समितिले निर्देशन दिएको बताए ।

उनले साल्ट ट्रेडिङलाई चिनी लगायतका खाद्य सामग्रीहरुको पसल अन्य स्थानमा राख्न पनि निर्देशन दिए । सभापति श्रीवास्तवले भने, ‘अहिले चाडपर्वको बेलामा उपभोक्ताले सुलभ, सरल र सुपथ मोलमा दैनिक खाद्यान्नका कुराहरु, देनिक उपभोग्य सामग्रीका कुराहरु, र अन्य सम्बन्धित निकायबाट उपलब्ध हुने त्यस्तो व्यवस्थाहरु गर्न सम्बन्धित निकायलाई आजको बैठकले निर्देशन दिन्छ, कुनै चिजको अभाव नहोस्, अभाव भएको अवस्थामा सरकारले के कस्तो कदम चाल्नुपर्ने हो, त्यसको लागि यो समितिले सम्बन्धित निकायलाई निर्देशन दिन्छ, अहिलेको स्थितीमा काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका सिडिओहरुले अनुगमन गर्ने भन्ने टीम बनाएका छन्, काठमाडौंमा मात्र होइन, अधिराज्यभर नै यस्ता ठाउँमा अनुगमन गर्ने र तदारुकता साथ काम गर्न निर्देशन दिन्छ,बजारमा अहिले कुनै किसिमको मिसावट नहोस् खानेपानी पर्याप्त छैन,जार र बोतलमा पनि पर्याप्त देखिएन, यसमा पनि सम्बन्धित निकायल ध्यान दिएर काम गरोस्,सुदूरपश्चिममा देखिएका अभाव हटाउने प्रयास गरियोस्,साल्ट ट्रेडिङलाई समितिले चिनी लगायतका खाद्य सामग्रीहरुको अन्य ठाउँमा पनि व्यवस्था गर्न निर्देशन दिन्छ ।’

Advertisement

सभापति श्रीवास्तवले समितिले चाडबाडको बेलामा आवश्यक खाद्यान्नहरुको तत्काल आपूर्ति गर्न पनि निर्देशन दिएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top