संसदीय समितिको सुझाव- छलफल गरेर मात्रै सूचना प्रविधिको विकासमा लाग्नु

१२ असोज ७८, बुधबार

१२ असाेज, काठमाडाैँ ।
प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले सरोकारवालाहरुसँग विस्तृत छलफल गरेर मात्रै सूचना प्रविधि क्षेत्रको विकासमा लाग्न सरकारलाई सचेत गराएकी छिन् । सभापति खड्काले निजी क्षेत्रको गुनासोलाई सम्बोधन नगरी सूचना प्रविधि क्षेत्रको विकासले गति लिन नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

मंगलबार काठमाडौंमा आयोजित सूचना प्रविधि क्षेत्रको विकाससम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले सरकार पुग्न नसकेको ठाउँमा पनि सूचना प्रविधिको विकास गरेको पु¥याएको उल्लेख गर्दै त्यसलाई ग्रहण गरेर सरकारी निकायहरुले पनि अघि बढनुपर्ने आवश्यक्ता औंल्याइन् । सभापति खड्काले भनिन्,‘सरोकारवालाहरुसँग विस्तृत छलफल गरौं । सूचना प्रविधि क्षेत्रको विकासका लागि विज्ञहरुको पनि परामर्श लिऔं । र यसको क्षेत्रको विकासमा एकीकृत ढंगले लाग्न पनि सरकारलाई सचेत गराउन चाहन्छु ।’

सभापति खड्काले सूचना प्रविधि क्षेत्र नयाँ भएकाले यसको विकासमा सरोकारवाला निकायहरुसँग बलियो सहकार्य गरेर अघि बढन सरकारलाई पटकपटक निर्देशन दिइएको पनि स्मरण गराइन् । उनले सूचना प्रविधि क्षेत्रको विकासमा एकीकृत खालको योजना ल्याउन पनि सरकारको ध्यानाकर्षण गराइन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top