×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

सरकार असफल भइसक्यो, अब चुनावमा जानुकाे विकल्प छैन: ओली

१३ आश्विन २०७८

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशविपरीत सर्वोच्च अदालतको परमादेशबाट गठन भएको सरकार पूर्णत असफल भएकाले अब ताजा जनादेशको विकल्प नभएको बताएका छन् । उनले ताजा जनादेशबाट आउने सरकारले मात्रै मुलुक र जनताको मुहारमा खुसी ल्याउन सक्ने बताए ।

नेकपा एमाले विधान महाधिवेशनको पूर्वसन्ध्यामा प्रचार उपसमितिले विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग मंगलबार आयोजना गरेको अन्तत्र्रिmयामा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकारले संविधान र कानुनको हुर्मत लिएको र जनताको चाहनामाथि कुठाराघात गरेकाले यो सरकार छिट्टै महासंकटमा पर्ने दाबी गरे । उनले सरकारका जनविरोधी र संविधान विरोधी कार्यप्रति खबरदारी गर्न सम्पादकहरूसँग आग्रह गरे ।

Advertisement
Advertisement

अध्यक्ष ओलीले सरकारले चलिरहेको संसद मध्यरातमा हठात् अन्त गरी षड्यन्त्रमूलक किसिमले अध्यादेश ल्याएर संविधान कुल्चने काम गरेको आरोप लगाए । सरकारले अध्यादेश ल्याउनुअगावै त्यस सम्बन्धमा निर्वाचन आयोगले नियमावली ल्याउनु ठूलो षड्यन्त्र र जालझेल हो, अब यस्ता जालझेल र षड्यन्त्र लामो समयसम्म टिक्न सक्दैन्’ अध्यक्ष ओलीले भने ।

ओलीले हिजोको दिनमा अध्यादेश ल्याउँदा प्रतिगमन भयो भन्नेहरू आज आफैं अध्यादेश ल्याउने खेलमा लागेको स्मरण गर्दै विधि पद्धति र नैतिकताका कुरा देखाउने दाँत मात्रै रहेको स्पष्ट पारे । संसद् चालू रहेको अवस्थामा अध्यादेश फिर्ता लिएको सूचना जारी गर्नु पनि संविधानविरोधी कार्य भएको ओलीले दाबी गरे ।

एमाले अध्यक्ष ओलीले वर्तमान अपवित्र गठबन्धनको सरकारले विभिन्न वहानामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कमजोर बनाउने काम गरेको र त्यो आपूmहरूका लागि सह्य नहुने चेतावनी दिए । ‘अहिले देशलाई बर्वाद पारिँदै छ, लोकतन्त्र धरापमा पर्ने खतरा बढेको छ, यसविरुद्ध एमालेले सशक्त प्रतिरोध गर्नेछ,’ अध्यक्ष ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने आपूmहरूको निर्णय रोकेर सर्वोच्च अदालतले गल्ती गरेको दोहो¥याए । अहिले संसद् चल्न सकेको छैन त्यसैले ताजा जनादेशबाट नयाँ संसद् नबन्दासम्म भद्रगोल अवस्थामा रहेको संसद् चल्न सक्दैन् ।’ अध्यक्ष ओलीले भने । ओलीले सत्यभन्दा माथि अदालत पनि नहुने भएकाले सर्वोच्चले गरेको असत्य फैसलालाई राम्रो भन्न नसकिने स्पष्ट पारे । ओलीले अदालतको पछिल्लो गतिविधिले जनतामा यसप्रतिको विश्वास र आशा घटेर गइरहेको बताए ।

एमसीसीबारे सम्पादकहरूले राखेको जिज्ञासामा अध्यक्ष ओलीले एमसीसी सम्झौता गर्ने कांग्रेस र माओवादी केन्द्र भएकाले एमसीसी सम्बन्धी निर्णय गर्ने दायित्व पनि कांग्रेस र माओवादी केन्द्रकै रहेको स्पष्ट पारे ।

एमाले अध्यक्ष ओलीले वर्तमान सरकार र अर्थमन्त्रीले बजेटमार्फत कालो धनलाई चोख्याउने नीति ल्याएकाले सरकार बिचौलिया र माफियाको प्रभावमा परेको दाबी गरे । ‘वर्तमान सरकार कालो धनको कारोबारमा डुबुल्की मार्न उद्धत छ, त्यसैले सरकारको त्यस प्रकारको गलत धन्दाविरुद्ध सबै जना विरोधमा उत्रनुपर्छ,’ ओलीले भने । कालोधनलाई मान्यता दिने सरकारी कार्यले नेपाल विश्वस्तरमा नै खतराको सूचीमा पर्न सक्ने भएकाले कालोधन चोख्याउने कार्यविरुद्ध एमालेले सशक्त आन्दोलन गर्ने चेतावनी ओलीले दिए ।

Advertisement

ओलीले गठबन्धन सरकार आफ्नै कारणले छिटै ढल्ने र निर्वाचनको घोषणा हुने दाबी गरे । अब छिट्टै निर्वाचन हुने र निर्वाचनमा जनताले फेरि एमालेलाई बहुमत दिएर शासनमा पठाउने दाबी गरे । ‘अब हुने निर्वाचनपछि हामी बहुमतका साथ सरकारमा जानेछांै र समृद्ध नेपाल र सुखी नेपालीको योजनालाई मूर्त रूप दिन्छांै,’ एमाले अध्यक्ष ओलीले भने ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top