×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

संसद् अवरोध हटाइदिन ओलीसँग आग्रह

१३ आश्विन २०७८

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधार प्रयासलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार तेस्रोपटक सरकारका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुर बालकोटस्थित निवासमा भेट्न पठाएर ‘सरकारले सम्बन्ध सुधार गर्न चाहेको’ सन्देश दिएका छन् ।

देउवाका ‘दूत’का रूपमा बालकोट पुगेका मन्त्री कार्कीले ओलीसँगको डेढ घण्टा संवादक्रममा ‘सरकारले प्रमुख प्रतिपक्षसँग मिलेरै सुमधुर सम्बन्ध स्थापित गर्दै अघि बढ्न चाहेको’ प्रधानमन्त्री देउवाको सन्देश ओलीलाई सुनाएका छन् ।

Advertisement
Advertisement

‘प्रधानमन्त्रीज्यू प्रमुख प्रतिपक्षी दलसँग सुमधुर सम्बन्ध स्थापित गरेर राष्ट्रिय राजनीतिका मुद्दामा एकसाथ अघि बढ्न चाहनुहुन्छ, त्यसकारण कानुनमन्त्रीज्यूलाई संवादका लागि पठाइएको हो,’ बालुवाटार उच्च स्रोतले भन्यो ।

ओलीसँगको भेटमा कानुनमन्त्री कार्कीले ‘सरकार र प्रतिपक्षीबीच दूरीको अवस्था रहिरहनु राम्रो नभएको र सरकार सम्बन्ध सुधार गरेर अघि बढ्न तयार रहेको’ ओलीलाई बताएका छन् ।

भेटक्रममा कार्कीले संसद्मासमेत लामो समयदेखि अवरोध हुँदा ‘अन्योल स्थिति बनेको’ भन्दै सरकार र प्रतिपक्षी मिलेर अघि बढ्दा देशलाई गति दिन सकिने जिकिर गरे । संसद्मा एमालेले गर्दै आइरहेको निरन्तर अवरोध हटाइदिनसमेत उनले आग्रह गरेका छन् ।

जवाफमा एमाले अध्यक्ष ओलीले ‘सरकारले संसद् छलेर दल विभाजन गर्न अध्यादेश ल्याएको र संसद् चालू हुँदै गर्दा नै अध्यादेश खारेज गरेको’ भन्दै आपत्ति जनाएका छन् ।

‘सरकारले एमाले फुटाउनकै लागि संसद् छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो, अहिले फेरि संसद् जारी रहँदा नै खारेज ग¥यो,’ ओलीले सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै मन्त्री कार्कीलाई भने, ‘दुवै कुरा गैरकानुनी र असंवैधानिक छन् ।’

ओलीले पाँच दलीय गठबन्धन सरकारले एकपछि अर्को असंवैधानिक हर्कत गरिरहेको र त्यसलाई सच्याउने प्रतिबद्धता नआएसम्म संवाद र सहकार्य सम्भव नरहेको सन्देश प्रधानमन्त्री देउवालाई सुनाइदिन भनेका छन् ।

सरकारले बजेटमा पनि ‘मनोमानी’ गरेको तथा एकपटक प्रतिपक्षसँग सल्लाहसमेत नगरेको भन्दै सरकारका कामप्रति ओलीले गुनासो गरेका छन् ।

Advertisement

ओली सचिवालयका अनुसार ‘सरकारको यस्तो गैरसंवैधानिक क्रियाकलापले सरकार र प्रतिपक्षबीच सम्बन्ध राम्रो बन्न नसक्ने’ जानकारी कार्कीमार्फत देउवालाई दिइएको छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top