खोप सहज भए पनि रेबिज उन्मूलन चुनौतीपूर्ण

१२ असोज ७८, बुधबार

काठमाडौं: रेबिजविरुद्धको खोप सर्वसुलभ हुँदाहुँदै पनि विश्वभरि नै रोग उन्मूलन चुनौतीपूर्ण बनेको छ । जनचेतनाको कमी, कुकुरसहित घरपालुवा जनावार र मानिसलाई रेबिजविरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुँदा रेबिज निर्मूलको लक्ष्य पूरा हुन नसकेको हो ।

रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष एक सयभन्दा बढी मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ । नेपालले सन् २०३० सम्ममा रेबिजबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य लिए पनि स्थानीय स्तरसम्म जनचेतना पुर्‍याउन नसक्दा रेबिज रोग विकराल बनिरहेको छ ।

रेबिजका कारण विश्वमा प्रत्येक वर्ष ३० लाखभन्दा बढी मानिस प्रभावित हुने गरेको विभिन्न अध्ययनले देखाउँछन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर हरेक वर्ष करिब ६० हजारको मृत्यु र ३७ लाखभन्दा बढी प्रभावित हुने गरेका छन् ।

रेबिजको असर सीधै मस्तिष्कमा
रेबिज संक्रमणबाट सीधै मस्तिष्कमा असर गर्छ । यहीकारण रेबिज संक्रमणबाट अशक्त हुनेको संख्या हरेक वर्ष बढ्दो छ । रेबिज उन्मूलनका लागि घरपालुवा कुकुर र संक्रमण सार्न सक्ने जनावरमा रेबिजविरुद्धको सुई लगाउन विज्ञहरूको सुझाब छ ।

विश्व स्वास्थ्य संगठनले नेपालमा रेबिजका कारण वार्षिक करिब सयजनाको मृत्यु हुने अनुमान गरे पनि सरकारसँग भने कुनै आधिकारिक तथ्यांक छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखा (इडिसिडी) को तथ्यांकअनुसार आव २०७५ / ०७६ मा १८ र २०७४ /७५ मा ३२ जनाको रेबिजका कारण मृत्यु भएको थियो ।

कोभिड महामारी सुरु भएयता रेबिजका कारण मृत्यु हुनेको तथ्यांक नै संकलन भएको छैन । यस्तै स्वास्थ्य सेवा विभागको अर्को तथ्यांकअनुसार कुकुरको टोकाइबाट हुन सक्ने रेबिजविरुद्धको सुई र परीक्षणका लागि बर्सेनि हजारांँ प्रभावित अस्पताल पुग्ने गरेका छन् ।

बच्ने कसरी ?
रेबिजविरुद्धको खोप मानिस र जनावर दुइटैका लागि उपलब्ध छ । घरपालुवा जनावरमा बर्सेनि खोप लगाउने र अन्य जनावरले टोकेमा पनि तुरुन्तै रेबिजविरुद्धको पूर्ण खोप लगाए संक्रमणबाट बच्न सकिन्छ ।

मस्तिष्कमा संक्रमण नफैलुन्जेलसम्म खासै लक्षणहरू देखिँदैनन्
डा. प्रभाकर शाह
रेबिज राब्ड्रो परिवारको लिसा भाइरसको संक्रमणबाट हुने गर्छ । यो भाइरस जनावरको टोकाइबाट र्‍यालको माध्यमबाट घाउसम्म पुग्छ । भाइरसले छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा मस्तिष्कमा असर गर्छ ।

सामान्यतया मस्तिष्कमा संक्रमण नफैलुन्जेलसम्म खासै लक्षणहरू देखा पर्दैनन् । संक्रमण फैलिँदै गएपछि मसिना स्नायुबाट भाइरस ¥याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अंगहरूमा पुग्ने गर्छ । संक्रमित जनावरले टोक्दा एकबाट अर्कोमा सजिलै फैलिन्छ ।

मानिसमा देखिनेमध्ये ९५ देखि ९९ प्रतिशतसम्म रेबिज बहुला कुकुरको टोकाइबाट सर्ने गर्छ । यसबाहेक अन्य जनावरहरू जस्तै बिरालो, न्याउरी मुसा, स्याल, ब्वाँसो, फ्याउरो र अन्य मांसाहारी जनावरको टोकाइबाट पनि रोग सर्न सक्छ । रेबिज भाइरस शरीरमा पसेपछि रोगको लक्षण देखिन २०–९० दिनसम्म लाग्छ । तर, कहिलेकाहीँ एक वर्षभन्दा बढी पनि लाग्न सक्छ ।

यस्ता छन् लक्षण
सुरुवातमा रेबिजका लक्षण सामान्य देखिन्छ । बिस्तारै संक्रमण जटिल बन्दै जान्छ । अधिकांशमा जनावरले टोकेको भागमा दुख्ने र चिलाउने, दुईदेखि चार दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, शरीरका मांसपेशी दुख्ने घाँटी दुख्ने हुन्छ ।

बिस्तारै हल्लाखल्ला वा ठूलो आवाजबाट तर्सने, चम्किलो, उज्यालो वा हावा सहन नसक्ने, अध्याँरो सुनसान कोठामा एक्लै बस्न रुचाउने हुन्छ । साथै चिड्चिडाहट हुने, रिसाउने, पानीसँग डराउने, पछिल्लो अवस्थामा पानी देख्नासाथ घाँटी तन्काउने जस्ता लक्षण देखिन्छ । समयमै उपचार गर्न नसकेमा ¥याल चुहाउने, अरूलाई टोक्न खोज्ने, बिस्तारै हातगोडा नचल्ने हुँदै बिरामीको मृत्यु हुन्छ ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top