×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मनसुन बाहिरिन ढिलाइ हुने, झापा र आसपासका क्षेत्रमा मेघगर्जनसहित वर्षा

१३ आश्विन २०७८

१३ असोज, काठमाडौं ।

यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Advertisement
Advertisement

अहिलेसम्म बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएकाले मनसुन औसत समयभन्दा केही ढिलो गरी बाहिरिने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताए ।

मनसुन लम्बिए पनि निष्क्रिय रहेकाले ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो ।

यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने भन्ने गरिए पनि यसपालिदेखि परिमार्जन गर्दै जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने समय तोकिएको छ ।

हरेक १०, १० वर्षमा मनसुनको समय परिमार्जन गर्ने गरिएको छ । अक्टोबर २ तारिख आउन अब तीन दिन मात्रै बाँकी छ । तर, मनसुनी गतिविधि भने कायमै छ ।

अहिले देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । झापा र त्यस आसपासका क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । अहिले मनसुनको न्यून चापीय रेखा औसत भन्दा केही दक्षिणतिर रहेकोले त्यस क्षेत्रमा पानी परेको हो ।

Advertisement

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने अनुमान छ । बंगालको खाडीको उत्तर पश्चिम भू–भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकाले मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । ख

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top