बिचौलिया कार्यालयबाट धपाउँदै प्रहरी

१२ असोज ७८, बुधबार

१३ असोज, पर्सा ।

जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले प्रहरी कार्यालयमा सम्बन्धित व्यक्तिको कामका लागि आवश्यक व्यक्तिबाहेक बिचौलियाका रूपमा आउनेलाई जोकसैलाई पनि कार्यालयबाट बाहिर धपाउने अभियान चलाउँदै आएका छन्।

सर्वसाधारण र प्रहरीबीचको सम्बन्धलाई थप सुमधुर पार्ने र सामान्य व्यक्तिसमेत आफ्नो आवश्यकताअनुसार कामको सिलसिलामा प्रहरी कार्यालयसम्म स्वयं पुग्न सकोस् भन्ने उद्देश्यले प्रहरी उपरीक्षक पाण्डेले बिचौलिया धपाउने अभियान चलाउँदै आएका हुन् ।

सम्बन्धित व्यक्ति सो कार्यमा आवश्यक अन्य व्यक्तिबाहेक कार्यालयमा आउने अन्य बिचौलियाका रूपमा सक्रिय जो कसैलाई पनि प्रहरी उपरीक्षक पाण्डेले सकभर कार्यालय प्रवेशमा समेत रोक लगाउँदै आएका छन्।

सम्बन्धित व्यक्ति र सो काममा आवश्यक व्यक्तिबाहेक विभिन्न बहानामा पीडित पक्षसँग आफू प्रहरी कार्यालय पुगी काम गराइदिन्छु भन्ने खालाका बिचौलिया प्रवृत्तिका व्यक्तिलाई निरुत्साहित पार्दै आएको प्रहरी उपरीक्षक पाण्डेलले बताए ।

‘विभिन्न कार्यको सिलसिलामा प्रहरी कार्यालय आउने सर्वसाधारणलाई सकभर प्रहरीले पारदर्शीरूपमा काम गर्छ चिनजान साथै दबाब तथा प्रभावका आधारमा हुँदैन, कानुनबमोजिम न्याय पाइन्छ भन्ने आम नागरिकलाई विश्वास दिलाउन सकभर बिचौलियालाई प्रोत्साहन दिएको छैन’, उनले भने ।

प्रहरी उपरीक्षक पाण्डेले आफू मात्र होइन जिल्ला प्रहरी कार्यालय पर्सामातहतका सबै प्रहरी युनिटमा सकभर जनताको काम बिचौलियाको भरमा नभई कानुनका आधारमा सामान्यभन्दा सामान्य व्यक्तिले सोझै प्रहरीको सेवा लिन सकुन् भन्ने उद्देश्यले निर्देशन दिएको बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top