×

NEPAL TIMES UPDATES

Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026

बागमतीमा सत्तारुढ गठबन्धन नयाँ सरकार निर्माणमा जुट्यो, यस्तो छ अंकगणित

१३ आश्विन २०७८

१३ असोज, मकवानपुर ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य २७ भदौबाट अल्पमतमा छिन् । एकल बहुमत रहेको एमाले विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी)मा प्रदेशसभाका १३ सांसदले सनाखत गरेपछि शाक्यले अल्पमतको सरकार चलाइरहेकी हुन् ।

Advertisement
Advertisement

अब शाक्यले सरकार टिकाउन प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । सरकार सञ्चालनका लागि विभाजन भएको (एकीकृत समाजवादी) तथा संसदका अन्य साना दलसँग गठबन्धनको प्रयास गरेपनि शाक्य असफल बनेकी छिन् ।

अन्तिम समयमा प्रतिगमनलाई साथ दिएको भन्दै एकीकृत समाजवादीले उनलाई साथ नदिने बताएको छ भने अन्य साना दल मात्रैको मतले शाक्यलाई बहुमत पुग्दैन ।

उनी २ भदौमा मुख्यमन्त्री बनेकी थिइन् । तर, शाक्यलाई समर्थन नरहेको निर्णय एकीकृत समाजवादीले गरेसँगै मुख्यमन्त्रीको कुर्सी हल्लिएको हो । शाक्य सरकार टिकाउन प्रयासमा रहे पनि सम्भव हुन सकेको छैन ।मुख्यमन्त्री शाक्यले अब प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेकी छन् ।

यसरी अल्पमतमा परिन् शाक्य

पार्टी विभाजन अघिसम्म बागमती प्रदेशसभामा १०९ सांसदमध्ये एमालेको एकल बहुमत अर्थात ५६ सिट थियो । तर २७ भदौमा प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसदको नामावली सहितको निर्वाचन आयोगको पत्र दर्ता भएसँगै शाक्य अल्पमतमा परेकी हुन् ।

बहुमत सांसदको दलको हैसियतमा सरकारको नेतृत्व गर्न पुगेकी शाक्यसँग अहिले ४३ जना सांसदको मात्र साथ छ । उनले सरकार जोगाउन ५५ जना सांसद्को विश्वासको मत प्राप्त गर्नुपर्छ ।

आफू अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने कानुनी व्यवस्था पालना गराउनुपर्ने दायित्व मुख्यमन्त्री शाक्यमाथि यति बेला आइलागेको छ ।

अब शाक्यले २५ असोजभित्र संसदमा विश्वासको मत लिइसक्नु पर्छ । अब प्रदेश प्रमुखमार्फत विशेष अधिवेशन आह्वान गरिने र विश्वासको मत लिने तयारीमा रहेको प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडलले बताए । मुख्यमन्त्री शाक्यले विश्वासको प्राप्त गर्ने पौडेलको दाबी छ ।

एमाले सचेतकको छुट्टै दाबी

एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौला भने सरकार अल्पमतमा नपरेको जिकिर गर्छन् । एमाले विभाजनबाट बनेको (एकीकृत समाजवादी) विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेकाले पार्टीले आधिकारिता नपाउने निरौलाको दाबी छ ।

उनी भन्छन्, ‘सर्वोच्च अदालतमा नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकताका विषयमा परेको मुद्दाको फैसला एमालेको पक्षमा आउने भएकाले यो सरकार अल्पमतमा परेको छैन ।’

एकीकृत समाजवादीकी बागमती प्रदेशकी प्रमुस सचेतक मुनु सिग्देल नयाँ पार्टीमा सनाखत गरिसकेको र यसको आधिकारिताको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भइसकेकाले सरकारले विश्वासको मत लिनुपर्ने बताउँछिन् । ’अल्पमतमा परेको सरकारले अझै बहुमतमा छु’ भन्नुभन्दा विश्वासको मत लिएर देखाउनुपर्ने’ प्रमुख सचेतक सिग्देलले भनाइ छ ।

सरकार गठनको तयारी

शाक्य नेतृत्वको सरकारको विश्वासको मत लिने दिन नजिकिदै गर्दा बागमतीमा विपक्षी गठबन्धन नयाँ सरकार निर्माणको तयारीमा जुटेको छ ।

विश्वासको मत लिन असफल बन्ने बित्तिक्कै गठबन्धनका माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीले सरकार गठनका लागि प्रकृया सुरु गर्ने तयारी गरेका हुन् ।

एमालेलाई कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाहेकका अन्य दलसँग मिलेर सरकार बनाउँन बहुमत नपुग्ने भएकाले बागमती प्रदेशमा अब गठबन्धनको सरकार बन्ने निश्चित छ ।

एमालेको ४३, विवेकशील साझाको ३, राप्रपाको २ र जसपा निकट १ स्वतन्त्र सांसदलाई समेट्ने हो भने ५१ जना पुग्छ । तर यो संख्याले बहुमत पुग्दैन ।

सरकार बनाउन बहुमतका लागि ५५ जना सांसदको समर्थन चाहिन्छ । माओवादी केन्द्रसँग २३, कांग्रेससंग २२, एकीकृत समाजवादीसँग रहेका १३ जना सांसद गरी ५८ जना सांसदको गठबन्धनले सरकार बनाउन सक्नेछन् ।

Advertisement

तर, सरकारको नेतृत्वको विषयमा भने गठबन्धनले केन्द्रीय गठबन्धनको सहमति कुरेको छ । एकीकृत समाजवादीले राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनाउनुपर्ने दाबी गर्दै आएको छ भने कांग्रेसका इन्द्रबहादुर बानियाँले पनि आफू पनि मुख्यमन्त्रीको लाइनमा रहेको बताइरहेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top