१३ असोज, काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
सुनको मूल्य मंगलबारको भन्दा १ सय रुपैयाँले घटेको हो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम गरिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १५५ कायम गरिएको छ । मंगलबार पनि चाँदीको सोही मूल्यमा कारोबार भएको थियो ।

