×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दार्चुलाको त्रिदेशीय नाकाको सञ्चार विच्छेद

१३ आश्विन २०७८

१३ असोज, दार्चुला ।

सामरिक महत्व बोकेको यहाँको त्रिदेशीय नाकाको सञ्चार विच्छेद भएको छ । व्यास गाउँपालिकाको छाङ्गरु र तिंकरमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन बनेको हो ।

Advertisement
Advertisement

गत वर्षबाट अवरुद्ध बनेको नेपाल टेलिकमको स्काइ फोनले काम नगर्दा स्थानीयवासीले समस्या भोग्नुपरेको छांगरुका बासिन्दा योगेश बोहराले बताए ।

गत वैशाख÷जेठमा कुञ्चा सरेका स्थानीयवासीले फोन गर्न पाएका छैनन् । “छांगरुमा कहिलेकाहीँ भायनेटले काम गर्छ”, बोहराले भने, “भायनेट नचलेको भए हामी केही खबर गर्न सक्ने अवस्थामा हुने थिएनौँ ।”

भायनेट पनि सँधै नचल्दा समस्या हुने गरेको छ । कहिलेकाहीँ महिना दिनसम्म सम्पर्कविहीन बस्नुपरेको उनले बताए । नेपाल टेलिकमको स्काइ फोन चल्दैन । टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङले दुईपटक गएर मर्मत गरे पनि स्काइले काम गर्न नसकेको स्थानीयवासी बताउँछन् ।

एक वर्ष छांगरुमै फोरजी सेवा चल्ने नमस्तेको टावर जडान गरिएको भए पनि अझै सञ्चालनमा ल्याइएको छैन । टावरको काम भए पनि आवश्यक उपकरण आइनपुग्दा सञ्चालन हुन नसकेको टेलिकमले जनाएको छ । तिंकर गाउँमा भने कुनै पनि फोनले काम गर्दैन । छांगरुमा राखिएको स्काइ टावरले तिंकर गाउँमा काम गर्दैन ।

तिंकरका लागि यस वर्ष नमस्ते टावर राख्ने गरी सर्वेक्षण गरिएको टेलिकमका प्रमुख गुरुङले बताए । छांगरुमा रहेको स्काइ टावरमा सोलारपावर अभावले पनि काम गर्न नसकेको गुरुङले जानकारी दिए ।

नियमित घाम नलाग्दा पावर बचत हुनसकेको छैन । छांगरुका लागि थप सोलार प्यानल माग गरिएको उनले बताए । मोबाइल फोनले काम नगर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि समस्या भोग्दै आएका छन् ।

Advertisement

छांगरुस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्ममा ल्याण्डलाइन फोन जोडिएको छ । ल्याण्डलाइन पनि नियमित सञ्चालन नहुँदा समस्या हुने गरेको सुरक्षाकर्मी बताउँछन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top